बैशाख १२, २०८१ बुधबार

टिकटकमा बधाईको ओइरो, तर वर्षा गर्भवती छैनन्



यतिबेला अभिनेत्री वर्षा राउतलाई रामाजिक सञ्जाल टिकटकमा आमा बन्न लागेको भन्दै बधाईको ओईरो छ । महान पर्वा हरितालिका तीजको अवसर पारेर टिकटकमा पोष्ट गरेको भिडियोमा धेरैले उनलाई आमा बन्न लागेको भन्दै बधाई दिएका छन् ।

रातो कुर्था, सिन्दुर, पोते र तिलहरीमा सज्जिएर ‘ल म खाना पकाउन गए हैं’ भनेर हालेको स्टाटससहितको उक्त भिडियोमा २ दिनमै २।५ मिलियन अर्थात २५ लाख दर्शकले हेरेका छन् । सो भिडियोमा वर्षालाई अरुबेलाको भन्दा हल्का मोटाएको र पेटसमेत ठूलो भएको देखिन्छ । पेट ठूलो देखिएकै कारण उनलाई ‘सानो वर्षा÷ सानो सञ्जोक आउन लागेको’ भन्दै बधाई आएरहेको छ ।

त्यसै पनि वर्षा कहिले आमा हुन्छिन् भन्ने कुरा सबैको लागि सधैँ कौतुहलताको विषय थियो । विवाह गरेको धेरै वर्ष बितिसक्दा पनि वर्षा–सन्जोकले सन्तान नबनाएको देख्दा फ्यानहरुमा मनमा सो कौतुहलता जाग्नु स्वभाविक नै हो । यस्तो बेलामा एक्कासी पेट बढेको देखेपछि उनका फ्यान तथा शुभचिन्तकहरुले उनी गर्भवती भएको अड्कल गरेका छन् । टिकटकका कमेन्टभरि उनलाई बधाई दिनेको घुँइचो छ ।

जताततै उनी आमा हुने कुरा सुनेपछि तथ्य कुरा बुज्न हामीले उनीसँग नै कुराकानी गर्‍यौँ । उनले आफू आमा बन्न लागेको कुरा गलत भएको बताइन् । ‘झट्ट हेर्दा त्यस्तै देखिन्छ । खासमा त्यो ड्रेस अलि नमिलेर हो । सुरुवाल अलिक लामो भएकाले गर्दा मैले हल्कामाथि दोबारेर लाएको थिएँ । हल्का घुमाएर दोबार्दा पेटमा भुक्क भएछ । मैले त्यतिखेर वास्ता गरिनँ । पछि पो सबैको कमेन्ट देखेपछि म आफैँ छक्क परेँ ।’, उनी भन्छिन्, ‘सबैजना ढुक्क भएर बस्दा हुन्छ । यदि त्यस्तो केही भयोे भने म आफैँ सबैलाई जानकारी गराउनेछु ।’