बैशाख ९, २०८१ आईतबार

अभिनेत्री जयाले नातिनीलाई भनिन्, ‘विवाहअघि नै आमा बन्दा कुनै समस्या छैन्’



एजेन्सी । भारतीय अभिनेत्री जया बच्चनले आफ्नी नातिनीलाई विवाहअघि नै आमा बन्दा कुनै समस्या नभएको बताएकी छन् । कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्नका लागि शारीरिक आकर्षण र शारीरिक सम्बन्ध निकै महत्वपूर्ण हुने जयाको भनाइ छ ।

जया शनिबार आफ्नी नातिनी नव्या नवेली नन्दको पोडकास्टमा सहभागी भएकी थिइन् । जयासँग छोरी श्वेता पनि सहभागी थिइन् । जयाले शो मार्फत जीवनका धेरै पक्षहरूबारे खुलासा गरेकी थिइन् । उनले आफ्नी नातिनीलाई लामो समयसम्म कसरी प्रेम सम्बन्ध टिकाउन सकिन्छ भनेर सुझाब पनि दिएकी थिइन् ।

उनले नातिनीलाई भनिन्, ‘मानिसहरूले यसमा आपत्ति जनाउन सक्छन् तर, कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्नका लागि शारीरिक सम्बन्ध र शारीरिक आकर्षण धेरै महत्त्वपूर्ण हुन्छ भन्ने मेरो मान्यता हो । हाम्रो पुस्तामा हामीले यी सबै कुरा कहिल्यै महसुस गर्न पाएनौ तर, अहिलेको समयमा यस कुरामा बिचार गर्न जरुरी छ । मलाई लाग्छ यदि तपाई कसैलाई माया गर्नुहुन्छ र विवाह गर्न चाहानुहुन्छ भने, विवाह गर्नु अघि बच्चा जन्माउन सक्नुहुन्छ यसमा मलाई कुनै आपत्ति छैन ।’

जयाले सन् १९७३ मा अमिताभसँग विवाह गरेकी थिइन् । उनीहरूका दुई सन्तान श्वेता र अभिषेक छन् । नव्या श्नेताकी छोरी हुन् ।

जया छिट्टै बलिउडमा कमब्याक गर्ने तयारीमा छिन् । उनी २०२३ मा आउने फिल्म रकी और रानी की प्रेम कहानीमा देखिनेछिन् । करण जोहरको निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंह, आलिया भट्ट, धर्मेन्द्र र शबाना आजमी पनि मुख्य भूमिकामा छन् ।