बैशाख ९, २०८१ आईतबार

रञ्जितालाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवार बनायो तर उमेरले छेक्यो



काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो । जस अनुसार जसपाले बाराबाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय गरेको थियो ।

तर गठबन्धनमै रहेको नाउपाले उपराष्ट्रपति उम्मेदवारमा श्रेष्ठलाई उठाउने निर्णय गरेको हो । ‘निर्वाचन आयोगले समेत उपराष्ट्रपतिमा महिला उम्मेदवार खोजेकाले हामीले महिलालाई नै उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेका हौं’,नाउपाका प्रमुख सचेतक चौधरीले भने ।

उमेरको तगारो

पार्टीले उम्मेदवार बनाउने निर्णय गरेपनि श्रेष्ठ उमेरका हिसावले उम्मेदवारीका लागि अयोग्य देखिएकी छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार ४५ वर्ष उमेर पूरा नगरेको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि अयोग्य ठहरिने भएपछि उनी अयोग्य देखिएकी हुन् ।

निर्वाचन आयोगको रेकर्ड अनुसार रञ्जिता ३९ वर्षमा मात्रै पुगेकी छन् । भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सहभागि हुने क्रममा उनले पेश गरेको नागरिकताका आधारमा उनको उमेर ३९ वर्ष मात्रै रहेको छ ।

ऐनको दफा १५ मा भनिएको छ, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुनका लागि उम्मेदवारको उमेरको गणना गर्दा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिनसम्ममा पैतालीस वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ ।’

उपराष्ट्रपति फरक लिङ्ग वा फरक समुदायको हुनुपर्ने

संविधान अनुसार उपराष्ट्रपति फरक लिङ्ग वा फरक समुदायको हुनुपर्ने व्यवस्था छ । संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ ।

त्यस्तै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ९५० मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ’ भनिएको छ ।

निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले पनि राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष ९रामचन्द्र पौडेल० निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदायको मात्र उम्मेदवार हुनसक्ने निर्णय गरेको छ ।

बैठकपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।’

एक आयुक्तका अनुसार शुक्रबारको निर्णयको प्रष्ट आशय उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता हुन सक्दैन । किनकी पुरुष व्यक्ति ९रामचन्द्र पौडेल० राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक ९महिला वा अन्य० लिङ्गबाट उम्मेदवार हुनुपर्छ । साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा फरक समुदाय ९दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम० को मनोनयन दर्ता गर्ने निर्णय छ । उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदैछ । निर्वाचन चैत ३ गते हुनेछ ।