बैशाख १३, २०८१ बिहीबार

महिला कर्मचारीलाई छुट्टै प्रसूति तयारी बिदा माग



काठमाडौँ – एकीकृत सरकारी कर्मचारी संगठन नेपालले सरकारी कर्मचारी महिलाहरूलाई प्रसूति तयारीको एक महिने बिदाको माग गरेको छ । संगठनले सरकारी कर्मचारी महिलाहरूलाई प्रसूति तयारीको लागि छुट्टै एक महिने बिदाको माग गरेको हो ।

संगठनको हालै सम्पन्न राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्दै संगठनका महासचिव प्रकास राईले सरकारले अहिले दिँदै आएको विदामा १ महिना थप विदा दिनुपर्ने माग गरे । उक्त संगठन नेकपा एकीकृत समाजवादी निकटको कर्मचारी संगठन हो ।

संगठनले कार्यालयमा स्तनपान कक्षको उचित प्रबन्ध गर्न पनि माग गरेको छ । त्यस्तै टेस्ट ट्युब बच्चा जन्माउने आमाहरूलाई लामो समय अस्पतालमा निगरानीमा बस्नुपर्ने र आराम गर्नुपर्ने हुँदा तलबी बिदाको व्यवस्था गर्न समेत माग गरेको छ ।

त्यस्तै कडा प्रकृतिको स्त्रीरोगको औषधी उपचारका लागि पनि तवबी विदाको माग उत्तः संगठनले गरेको छ ।