श्रावण ११, २०८१ शुक्रबार

ईपीएस कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त



काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएकी छन् ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले शुक्रबार कँडेललाई ईपीएस कोरिया शाखाको निर्देशकको जिम्मेवारी दिएको हो । उनले शुक्रबारदेखि नै निर्देशको जिम्मेवारी सम्हालेकी छन् । यसअघि गुरुदत्त सुवेदीले निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

गत १३ पुसमा ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनापछि सुवेदीलाई जिम्मेवारीबाट हटाइएको थियो । घटनाको एक सातापछि कँडेलले जिमेवार सम्हालेकी हुन् ।

यसअघि उपसचिव कँडेल श्रम तथा रोजगार मन्त्रालयको सीप विकास तथा तालिम शाखा प्रमुख भएर एक वर्ष काम गरेकी थिइन् । त्यसअघि उनले वैदेशिक रोजगार बोर्डको सचिवालयमा निर्देशकको रुपमा साढे दुई वर्ष जिम्मेवारी सम्हालेकी थिइन् ।