बैशाख २५, २०८१ मंगलबार

यी हुन राष्ट्रिय सभा सदस्य पदका महिला उम्मेदवार



आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाएका छन् । साेमबार उम्मेदवारी दर्ताका लागि सत्ता गठबन्धन संयुक्तरुपमा चुनाव लड्ने भएकोले मिलेर उम्मेदवार टुंग्याएका छन् भने एमालेले एकल उम्मेदवारीकाे तयारी गरेकाे छ ।

जस अनुसार महिला तर्फ कोशीमा माओवादीबाट चम्पादेवी अधिकारी, मधेशमा जनता समाजवादी पार्टी (जसपा)की पूजा चौधरी, वाग्मतीमा काँग्रेसकी विष्णु देवी पुडासैनी, गण्डकीबाट माओवादीकी मनरूपा शर्मा, लुम्बिनीमा काँग्रेसकी विष्णु देवी सापकोटा, कर्णालीबाट नेकपा एसकी उम्मेदवार र सुदूरपश्चिमबाट माओवादीकी रेणु चन्द उम्मेदवार छन् ।

१९ सीटको लागि हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सीट पाएकोमा ३ महिला, काँग्रेसले १० सीट पाएकोमा जम्मा २ महिला, एसले २ सीट पाएकोमा १ महिला र जसपाले १ सीट पाएकोमा १ जना महिला उम्मेदवार चयन गरेका छन् ।

नेकपा एमाले एक्लै चुनाव लड्दै छ । जसका लागि एमालेले सबै पदमा उम्मेदवार चयन गरेको छ । जसमध्ये महिलातर्फ कोशी प्रदेशमारुक्मिणी कोइराला (सुनसरी), बागमतीमा रोचकुमारी चौलागाईं (दोलखा), गण्डकीमा सम्झना देवकोटा (गोरखा), लुम्बिनीमा तुलसाकुमारी केसी (दाङ), कर्णालीमा विमलाकुमारी शाही (हुम्ला) र सुदूरपश्चिमबाट सावित्रादेवी घिमिरे (कैलाली) रहेका छन् ।

यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले पनि राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ। तर सहमति भएमा एमालेसँग तालमेल गरेर चुनाव लड्ने तयारी रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । कुनै पनि प्रदेशमा राप्रपाको मत निर्णायक छैन।