बैशाख १५, २०८१ शनिबार

अब कर्मचारी सञ्चयकोषबाट कर्मचारीका पतिपत्नीलाई पनि उपचार सुविधा, उपचारका लागि अस्पताल ताेकियाे



काठमाडाैं । कर्मचारी सञ्चय कोषले अब सञ्चयकर्ताका पति पत्नीलाई समेत स्वास्थ्योपचार सुविधा दिने भएको छ । कोषले सामाजिक सुरक्षा सुविधा अन्तर्गत संचयकर्तालाई दिँदै आएको स्वास्थ्यउपचार सुविधा फागुन १ दिने सञ्चयकर्ताका पति वा पत्नीलाई समेत दिने कार्यक्रम सार्वजनिक गरेको हो ।
कोषले हाल सञ्चयकर्तालाई साधारण रोगका लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्ष एक लाख रूपैयाँसम्मको र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम १० लाख रूपैयाँसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइरहेको छ । सोही सुविधा अब सञ्चयकर्ताका पति वा पत्नीलाई पनि लागु हुने बुधबार सार्वजनिक सूचनामा उल्लेख छ ।

त्यस्तै, कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाका रूपमा दुई सन्तानसम्मका लागि प्रति प्रसुति सात हजार पाँच सय रूपैयाँ, दुर्घटना क्षतिपूर्ति योजनाअन्तर्गत निज वा निजको हकवालालाई दुई लाख रूपैयाँ र काजकिरिया अनुदान योजनाअन्तर्गत हकवालालाई ४० हजार रूपैयाँसम्म सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ।

कोषले यसअघि जुनसुकै अस्पतालमा उपचार गराएपनि स्वास्थ्य उपचार सुविधा दिँदै आएकोमा अब फागुन १ देखि लागू हुने गरी तोकिएको अस्पतालमा उपचार गरेमात्र सुविधा दिने जनाएको छ । तोकिएका अस्पतालहरुमा नेपाल सरकारले विपन्न नागरिकहरुलाई औषधि उपचारका लागि सूचिकृत गरेका १२० वटा अस्पताल छन् । त्यस्तै नेपाल सरकारका सबै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिका स्तरका सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य केन्द्रहरु, नेपाल सरकारको स्वामित्वमा सञ्चालित अस्पताल र शिक्षण अस्पतालहरु छन् । अब सञ्चयकर्ताले तोकिएका बाहेक जुनसुकै अस्पतालमा उपचार गराएपनि पाउँदै आएको उपचार सुविधा पाउने छैनन् ।

हाल कर्मचारी सञ्चय कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार भन्दा धेरै योगदानकर्ता छन्।

हेर्नुहाेस् उपचारका लागि तोकिएका अस्पतालहरू :