बैशाख १७, २०८१ सोमबार

जेलभित्र जन्मिएको पार्टी अहिले सबैको मनमा छ: रञ्जिता श्रेष्ठ



कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले जेलभित्र खुलेको पार्टी अहिले नागरिकको मनमनमा बस्न सकेको दाबी गरेकी छन् ।

कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनकी प्रमुख अतिथि श्रेष्ठले नागरिकको आशालाई निराशामा परिणत हुन नदिने बताएकी छन् ।

‘टीकापुर घटनाको राजबन्दीको न्यायको लागि स्थापना भएको पार्टी अहिले जनताको मनमा बसेको छ’, उनले भनिन्, ‘जेलबाट खुलेको पार्टी हो, अहिले देशैभरि पुगेको छ ।’

उनले सुरुवाती दिनमा उम्मेदवारसमेत खोज्न समस्या भएको स्मरण गर्दै अहिले तीनै तहको सरकारमा पार्टीको राम्रो उपस्थिति रहेको बताइन् ।

अध्यक्ष श्रेष्ठले अहिले पार्टीले सबै उत्पीडित वर्गको पक्षमा वकालत गरिरहेको बताइन् ।