बैशाख १६, २०८१ आईतबार

जब घटना थाहा भयाे, बम्जनकी श्रीमतीले पीडितलाई सोधिन्, ‘तिमी गर्भवती त भएकी छैनौ नि?’



काठमाडौँ । ‘लिटिल बुद्ध’ भन्ने रामबहादुर बम्जनले अन्य युवतीलाई बलात्कार गरेको कुरा श्रीमती दीपशिखा बम्जनलाई समेत थाहा भएको खुलेको छ । पीडित किशोरीले दिएको बयानमा बम्जनले आफूमाथि पटकपटक बलात्कार गरेको कुरा बम्जनकी श्रीमती दीपशिखा बम्जनलेसमेत थाहा पाएको दाबी गरेकी छन् ।

सर्लाही जिल्ला अदालतमा २०७७ असार १८ गते दर्ता भएको बाल यौन दुरुपयोगको मुद्दा दर्ता भएकाे थियाे । आफू आनी भई बम्जनले सञ्चालन गरेको सर्लाही लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित महासवौरधी धर्म संघको आश्रममा बसेको बेला १५ वर्षकाे उमेरमा जबरजस्ती करणी भएको भन्दै किशोरीले मुद्धा दायर गरेकी थिइन् । तर बम्जन पक्राउ परेका थिएनन्। पहिला बम्जन फरार रहेका कारण अन्य आदेश गर्ने र साक्षी बुझ्ने तथा प्रमाण बुझ्ने काम मात्रै भएको थियो । गत पुस १४ मा मात्र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले  पक्राउ गरेकाे छ । अहिले पुर्पक्षका लागि थुनामा छन् ।

२०७३ साल साउन २० गतेदेखि पटकपटक ती आनीमाथि बलात्कार भएको आरोप लागेको छ । २०७३ सालदेखि आफूमाथि पटकपटक बलात्कार भएको र बलात्कारको घटना बाहिर ल्याउन लागेपछि आफूमाथि चोरीको आरोप लगाएको समेत पीडित किशोरीको जाहेरीमा उल्लेख छ ।

बलात्कारको घटनाको हदम्याद कटेपछि मात्रै किशोरी आश्रमबाट बाहिर निस्कन पाएकी थिइन् । त्यहाँबाट निस्केपछि मात्र उनले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि तत्कालीन कानुनी व्यवस्थाका कारण जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गर्न नमिलेपछि बाल यौन दुरुपयोगको कसुरमा मुद्दा दर्ता गरी सजाय भने जबरजस्ती करणीकै कसुरमा हुने सजायको मागदाबी लिइएको थियो । बम्जनमाथि १४ वर्षसम्मको कैद सजायको मागदाबी गरिएको छ ।

यस्तो छ पीडित किशोरीको घटना विवरण कागज :
‘म जाहेरवाली मिति २०७१।०४।२८ गते गुरु रामलाल बम्जनको दर्शन गर्नको लागि बारा जिल्लाको हलखोरियास्थित आश्रममा लिएर गई मलाई बुवाले त्यही आश्रममा छाडेर आउनुभयो । म त्यहाँ करिब १ महिना जति त्यहाँ आश्रमको रेखदेखको काममा बसे, त्यसपछि गुरुले म समेत आफ्नो श्रीमती दीपशिखा बम्जन, बहिनी रिन्छेन्मो र विष्णु बल तथा ४ जना नाम थर थाहा नभएका चेला समेतलाई सिन्धुपाल्चोकस्थित आश्रममा पठाउनुभयो । त्यहाँ करिब २ वर्ष जति बसी, त्यहाँ आश्रमको रेखदेख तथा सरसफाई तथा खाना पकाउने काम समेत हामी आनीहरु मिलेर गथ्र्यौँ । २०७३ सालको वैशाख महिनातिर सर्लाही जिल्लाको पत्थरकोटस्थित आश्रममा म समेत गुरुको श्रीमती दिपशिखा बम्जन, विष्णु बल, रिता घलान तथा अन्य केही संघ भक्त चेला समेतलाई गुरुको मान्छेहरुले लिएर आए । आश्रमभित्र गुरु बस्ने घर खाना पकाउने किचेन एक ठाँउमा छुट्टा छुट्टै घर थियो र ति घरबाट अन्दाजी २।३ फिट पैदल हिड्ने दुरीमा साना साना अन्दाजी ५।६ वटा टहराहरु थियो ।

ति टहराहरुमा चेलाहरु तथा भक्तहरु बस्थ्यो र म गुरुको खाना पकाउने भान्सा कोठामा बस्थेँ । मिति २०७३।०४।२० गते राती अन्दाजी ९ देखि १० बजेको समयमा म सोही आश्रमको किचेनमा सुतेको थिएँ, त्यसै बेला निज प्रतिवादी रामलाल बम्जनले मलाई ९क०, ९क० ९पीडितको परिवर्तित नाम० भन्दै बोलाउनु भयो । म बाहिर निस्कने बितिकै निज प्रतिवादीले एक्कासी एक हातले मेरो मुख थुनी अर्को एक हातले मेरो दुवै हात पछाडी लगी समाएर मलाई निज सुत्ने कोठामा लगी मेरो मुख थुनी नै राखी आफ्नो कोठाको चुकुल लगाई मलाई प्लाष्टिकको कार्पेटमा लडायो । शुरुमा के यस्तो गरेको गुरु भन्दै कराएँ, तर निजले मेरो कपडा खोल्न खोजेपछि मलाई डर त्रास लाग्न थाल्यो, म डरले थर थर भए अनि म रुन र कराउन थाले ।

यसै क्रममा निजले मेरो तलको भागको कपडा जबरजस्ती खोली दियो र उसले पनि आफ्नो तलको भागको कपडा खोली मलाई उत्तानो पारी ….. म रुँदा कराउदा पनि कोही आएन । मलाई करिब १० मिनेटपछि उसले छोडयो । अनि उसले यदि कसैलाई भनिस् भने राम्रो हुने छैन भनी मलाई नाना थरिका डर, त्रास देखायो । प्रतिवादी रामलाल बम्जनको श्रीमती दिपशिखा डुम्जन नाम भएको गुरु आमालाई पनि नभन भन्यो । त्यसपछि मेरो योनी करिब दुई हप्तासम्म दुखेको र सुनिएको कारण हिँडडुल गर्न गाह्रो भएको थियो तर त्यो कुरा डरले कसैलाई भनिन । घटनाको दुई दिनपछि निज प्रतिवादीको श्रीमती आइन् र केही हप्ता पश्चात म र मेरो साथी यकिन ठेगाना थाहा नभएको वर्ष ३३ की विष्णु बलको पत्थरी अपरेशन गर्नको लागि काठमाडौँ गएका थियौँ । त्यसै बेला गुरु आमा दिपशिखा बम्जनले मलाई फोन गरी सोध्यो कि ‘तिमीले गुरुसँग शारीरिक सम्पर्क राखेकी रहेछौ, मलाई किन नभनेको रु गुरुले मलाई त्यो गर्भवती छ की सोध भनेकोले मैले फोन गरी सोधेको’ भनी भनेको थिए ।

म काठमाडौंबाट फर्किए पश्चात दिपशिखा बम्जनले मेरो श्रीमान् गुरु रामलाल बम्जनसँग तिमीले किन शारीरिक सम्पर्क राखेको भनी गुरु आमाले मलाई झापड हान्नुभयो । त्यसपछि पनि पटकपटक निज प्रतिवादीले विभिन्न ठाउँमा म एक्लै भएका अवस्था पारी म सँग शारीरिक सम्पर्क राखी मलाई तिम्रो शरीर चाहिन्छ भनी मेरो सम्वेदनशील अंगमा छुने, सुमसुमाउने र फकाउने गरी नै रहेको थियो तर मैले त्यो अनैतिक कार्यको विरोध गर्दै आएको थिएँ ।

मैले प्रतिवादीको आश्रमबाट निस्कनको लागि पटकपटक अनुरोध तथा प्रयास गरे तर गुरुले मेरो केही पनि नसुनी मलाई गालीगलौज कुटपिट गर्नु हुन्थ्यो । मलाई धेरै नै शारीरिक तथा मानसिक पीडा भएपछि एक दिन मैले डोरीको पासो लगाई आत्महत्या गर्ने प्रयास गरे तर मेरो साथीहरुले थाहा पाएर गुरुको मान्छेलाई सूचना दिएपछि मलाई बचाई मलाई कडा निगरानीमा राखी मलाई थाहा नदिई मेरो बुवालाई झिकाई के कस्ता कागजमा मेरो तथा मेरो बुवाको सही छाप गराई म माथि ८ लाख रुपैया चोरेको अभियोग समेत लगाई मलाई तथा मेरो भाइ नाम थर परिवर्तित ९क६० लाई मेरो बुवाको जिम्मा लगाई पठाइदिनु भएको थियो । म पीडितलाई न्याय दिलाई प्रतिवादीलाई कडा भन्दा कडा कारवाही गरी पाँउ ।’

पीडित किशोरीको जाहेरी अनुसार बलात्कारको कुरा बाहिर ल्याउन खोजेपछि उनलाई बन्धक बनाई बलात्कारको कसुरमा लाग्ने हदम्याद कटेपछि परिवारको जिम्मा लगाएर पठाएको पाइएको छ । त्यति मात्रै होइन, बम्जनले पीडित किशोरीमाथि पटकपटक यौनशोषण गरेपछि किशोरीले आत्महत्याको समेत प्रयास गरेको आफ्नो बयानमा उल्लेख गरेकी छिन् । स्राेतः राताेपाटी