बैशाख १७, २०८१ सोमबार

बालिकालाई क्याफेमा वेटर भन्दै वेश्यावृत्तिमा लगाउने सञ्चालिका पक्राउ



काठमाडौं । काठमाडौंको जडीबुटीमा सञ्चालनमा रहेका क्याफे र गेस्ट हाउसमा नाबालिकालाई यौन शोषण गराएको आरोपमा त्यसका सञ्चालिका पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले धनकुटा स्थायी घर भएकी ३६ वर्षीया आशा लामा भन्ने लालमाया तामाङलाई नियन्त्रणमा लिएको हो ।

तामाङ जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेस्ट हाउसकी सञ्चालिका हुन् । सुरुमा वेटरको काममा लगाएर पछि वेश्यावृत्तिमा लगाउने गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको व्युरोले जनाएको छ ।

व्युरोका अनुसार दुई जना नाबालिकालाई पनि उद्धार गरिएको छ ।