बैशाख ११, २०८१ मंगलबार

“कर्म गर फलकाे अास नगर “



सुष्मा पौडेल ।साधु मनले भन्याे –
व्यर्थकाे चिन्ता किन ?
कपालकाे राै त तिम्राे वसमा छैन
नफुले हुन्थ्याे भन्ने साेच्दा साेच्दै फुल्छ
छाला चाउरी पर्छ 
मन पनि वसमा छैन के के साेच्छ -साेच्छ
अात्माले पनि थाहै नदिइ कैले शरीर छाेड्छ *
त्यसैले खुसी खुसी जीवन व्यतीत गर
अानन्द लिएर जिवनमा
याेग, ध्यानमा डुव
हाे जस्तै लाग्याे
याेग, ध्यान र साधना गर्याे
वैराग्यत अाउछ ।
त्यै वेला फेरि
कर्मशिल मन जागृत हुँदै भन्छ
ए ! जाग, हेर अनि साेच त
सवै तिम्रै वसमा त छ
कपालकाे राै पनि तिम्राे वसमा
कालाे, राताे खैराे जे वनाउन पनि सक्छौं
वाझाे खेतमा मेहनतले जे फलाउन पनि सक्छाै
चाउरिएकाे छाला तन्काउन सक्छाै
के छैन तिम्राे वसमा ?
कर्म गरेर हेर
असम्भव भन्ने के छ र?
अाजकाे सुख सुविधा सवै कर्मकै फल हाे ।
सिङ्गो संसार तिम्रै वसमा छ ।
जस्ताे कर्म गर्याे त्यस्तै भइन्छ
काम, क्राेध,लाेभ,माेह र अहंकार त्यागेर
कर्म गर
हाे जस्तै लाग्छ,
अनि कर्मशिल हुन्छु, मेहनत गर्छु भनेर
अगाडि वढ्छु
गितामा लेखेकाे सम्झिदै
“कर्म गर फलकाे अास नगर ”