बैशाख १६, २०८१ आईतबार

सुन्दर देखिन चाहँदा यस्तो हाल, तीन गुणा ठूलो भयो ओठ



कृत्रिम सौन्दर्य उपचारका गुणभन्दा अवगुण धेरै हुन्छन् भन्नेबारे हामीमध्ये धेरैलाई थाहा छ तर हामी कहिलेकाँही बिर्सन्छौं कि यसको साइड इफेक्ट निकै भयानक पनि हुनसक्छ ।

यस्तै भएको छ ल्येइस्टेस्टरकी २९ वर्षे महिलालाई । राचेल न्याप्पियरले साथीको घरमा लिप फिलर इन्जेक्शन लगाएकी थिइन् ।

उनका अनुसार सुई लगाउँदा उनलाई यति दुख्यो कि उनी निकै चिच्याइन् । उनलाई दुख्नु स्वभाविक हो बताइयो । तर जे भनिएको थियो त्यो भएन ।

सूई लगाएको केही घण्टाभित्रै राचेलको ओठ सुन्निन थाल्यो । वास्तविक आकारभन्दा उनको ओठ तीन गुणा ठूलो भएको थियो । उनले आफ्नो ब्यूटिसियनसँग यसबारे कुरा गरिन् तर त्यो एलर्जीका कारण भएको बताइयो ।

उनकी ब्यूटिसियनले उनलाई ओठमा आइस प्याक लगाउनसमेत आग्रह गरिन् । यति गर्दा पनि उनको ओठ सुन्निनँ छोडेनँ । राचेल तत्काल् अस्पतालको आकस्मिक सेवामा भर्ना भइन्  ।