
काठमाडौ-वेलकम विमेन हुड (Welcome Womenhood )एम्बेसडर सम्झना खनालले काठमाडौको किर्तिपुरमा रहेको बालकुमारी माध्यमिक विद्यालयका छात्राहरुलाई निशुल्क रुपमा स्यानेटरी प्याड वितरण गरेकी छन् ।
वेलकम विमेन हुडको सहयोगमा उनले त्यहाँ अध्यनरत छात्राहरुलाई १ सय २० पिस सेनेटरी प्याड वितरण गरेकी हुन् ।त्यस अवसरमा महिनावारी भएको बेला आफ्नो सरसफाई कसरी गर्ने भन्ने बारेमा छात्राहरुलाई जानकारी समेत दिइएको थियो ।
उनले त्यस विद्यालयमा अध्यनरत कक्षा ६ देखी ९ सम्मका छात्राहरुलाई पछिल्लो समय किशोरीहरु बलात्कृत हुने क्रम बढेको भन्दै त्यस बिषयमा पनि प्रशिक्षण दिएकी थिइन् । किशोरीहरुलाई आफु बलात्कृत हुनबाट कसरी जोगिने भन्ने उपायका बारेमा सुझाएकी थिइन् ।
खनालले २०७२ सालमा नेपालमा गएको भुकम्पमा परी अभिभावक गुमाएका तीन जना विद्यार्थीलाई छात्रबृत्तिका लागि पहल गरीरहेको बताइन् । उनले सकेसम्म वेलकम विमेन हुडबाटै उनीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न पहल भइरहेको जानकारी दिइन् । खनालले त्यसका लागि वेलकम विमेन हुडका अध्यक्ष अनिता सिलवाल संग कुराकानी भइरहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्