असार ८, २०८२ आईतबार

आज अन्तराष्ट्रिय महिला दिवस : यसरी मनाउन थालियो याे दिवस



काठमाडौं– आज १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर ‘ब्यालेन्स फर बेटर’ (राम्रोका लागि समानता) भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाईंदैछ ।

८ मार्च १९०८ को दिन अमेरिकाको शिकागोमा पुरुषसरह समान ज्यालादर र कार्यस्थलमा काम गर्ने उन्नत वातावरणको माग गर्दै तयारी पोसाक उद्योगका श्रमिक महिलाहरूले गरेको आन्दोलनको स्मरण स्वरुप यो दिवस मनाउन शुरु गरीएको हो ।

सन् १९०९ फ्रेबुअरी २८ बाट मनाउन सुरु गरिएको यो दिवस सबैभन्दा पहिले राजनीतिक हिसाबमा सुरु भएको थियो ।

यसरी सुरु भएको थियो यो दिवस
सन् १८५७ को मार्च ८ मा अमेरिकाको न्यूयोर्कमा महिलाहरूले आफ्ना अधिकार राज्यद्वारा सम्बोधन गराउन प्रदर्शन गरे।

आफ्ना अधिकारप्रति सचेत महिलाहरूले ५१ वर्षपछि सन् १९०८ मार्च ८ मा सन् १८५७ को आन्दोलनप्रति समर्थन गर्दै न्यूयोर्कमा पुनः श्रमिक महिलाद्वारा प्रदर्शन भयो। महिला श्रमिकमाथिको विभेदविरुद्ध छेडिएको उक्त आन्दोलनमाथि फेरि प्रहरीले व्यापक दमन ग¥यो।

अमेरिकामा श्रमिकहरूको सङ्घर्षको इतिहास लामो र उत्साहजनक छ तर महिलाको सहयोग र सर्मथमनमा भएका ती सङ्घर्ष महिलाका लागि खासै परिणाममुखी रहेनन् । महिलाका आवश्यकतालाई खासै महत्व नदिएका कारण महिला श्रमिक विभेदमा रहिरहे । क्रान्तिको बीजारोपण भइसकेको थियो।

महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट सेक्रेटरीमा निर्वाचित भएकी जर्मनी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० भएको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।

मार्क्सवादीहरुले सुरु गरे पनि यो दिवस संसारभरिका पुँजीवादी महिलाले समेत मनाउँछन् ।

जेट्लीनले ८ मार्चलाई विश्व नारी दिवसका रूपमा मनाउन समस्त विश्वलाई आग्रह गरेकी थिइन।

महिला अधिकारलाई संस्थागत गर्न तत्कालीन कट्टर साम्यवादी नेतृत्व लेनीनसँग बहस गर्ने जुझारु जेट्लीको समयमा समस्त युरोपका सरकारलाई चुनौती दिने नेतृका रूपमा चर्चित रहिन्।

परिणाम अहिले विश्वमा ८ मार्चलाई नारी दिवसका रूपमा मात्र नभई समस्त मानव अधिकारको वकालती कदमका रूपमा विश्वले सम्मान गरेको छ ।

नेपालमा भने यसवर्ष ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार, समृद्धिको आधार’ भन्ने नारा तय गरिएकाे छ । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समिति गठन गरेर विभिन्न कार्यक्रम गर्दैछ ।