असार १२, २०८२ बिहीबार

महिला दिवस:यी वकिलले गरिन् पैसा तिर्न नसक्नेको मुद्दा निशुल्क लड्ने घोषणा



अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर कानुन व्यवसायी शीतल पाण्डेले हरेक महिना एकजना महिला, अशक्त, बालबालिका, बृद्ध र असक्षमको मुद्दा निशुल्क लड्ने घोषणा गरेकी छिन् । नेपालमा कानुन व्यवसायमा संलग्न पाण्डेले शुल्क तिर्न नसक्ने त्यस्ता व्यक्तिको मुद्दा महिनामा एकजनाको निशुल्क लड्ने घोषणा गरेकी हुन् ।

अरुको लागि बाँच्न सके मात्र जीवनले सार्थकता पाउने भन्दै कानुन व्यवसायी र वकिलको हैसियतले काम गरिरहँदा अरुको लागी थोरै समय भए पनि बाँच्ने निधो गरेको उनको भनाई छ । महिनामा एकजना त्यस्ता व्यक्तिमो मुद्दा रकम नलिई बहस तथा पैरवी गर्ने पाण्डेले जानकारी दिइन् । तर यस्तो सेवा प्राप्त गर्न सेवाग्राहीको कुनै पनि सम्पत्ति नभएको र मासिक ५ हजार रुपैया आम्दानी गर्न अक्षम रहेको हुनुपर्ने छ ।