असार ७, २०८२ शनिबार

साफ महिला च्याम्पियनसिप : विराटनगरमा कडा सुरक्षा



विराटनगर – विराटनगरमा आयोजना हुने पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रतियोगिता मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था मजवुत बनाइएको हो।

नेपाली फुटलबको सर्वोच्च निकाय एन्फाले पनि आन्तरिक हिसाबको सुरक्षा व्यवस्था मिलाएको साफ सुरक्षा समितिका संयोजक दिनेश ब्यन्जनकारले जानकारी दिए।

अन्तराष्ट्रिय प्रतियोगिता भएकाले दर्शक तथा खेलाडी सबै सजग हुनुपर्ने बताएका ब्यन्जनकारले खेलका क्रममा दर्शकले स्टेडियममा पानीको बोटल, सिक्का पैसा, लाइटर, मदिरा जस्ता पदार्थ लैजान नपाउने स्पट पारे। उनले भने, यहाँ नेपालकै प्रतिष्ठा जोडिएको हुँदा हामी सबै सुरक्षा अवस्थालाई लिएर सजग रहेका छाँै ।

स्टेडियम भित्र पानीको बोटल लैजान नपाउने बताएका ब्यन्जनकारले पिउने पानीको लागि स्टेडियम भित्र ठाउँ ठाउँमा व्यवस्था गरिने बताए। सुरक्षाका लागि मैदानबाहिर प्रहरी प्रशासनले जिम्मेवारी लिएको छ त्यसैगरि, स्टेडियम परिषरमा ४० जना निजी सुरक्षाकर्मी तैनाथ रहनेछन्।

त्यसैगरि, मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अन्तर्राष्ट्रिय प्रतियोगिता भएका कारण अन्य बेलाको भन्दा विशेष सुरक्षा व्यवस्था अपनाइने स्पस्ट पारे।

उनले भने, ‘ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी सुरक्षाका लागि खटाउने तयारी गरिरहेका छौँ ।

आइतबारदेखि अन्र्तराष्टिय खेलाडीहरु विराटनगर आउने भएकाले खेलाडी र अफिसिय तथा पाहुनाहरुलाई बसेका होटलबाट खेल मैदानसम्म सुरक्षाका लागि स्कर्टिङको व्यवस्था गरिएको छ ।

केसीले भने, ‘सुरक्षामा कुनै कमजोरी आउन नदिँन विराटनगर र आसपासका ठाउँमा निगरानी बढाइएको छ ।’ सुरक्षामा कुनै कमजोरी भएमा त्यसले नेपालकै छवि विगार्ने विषयमा पनि सुरक्षा निकाय संवेदनशील रहेको केसीको भनाई छ ।

केसीले रुटको सुरक्षादेखि लिएर खेलाडी, अफिसिय, पाहुनाहरु बस्ने स्थान तथा खेलाडी टोलीले आवश्यक अभ्यास गर्ने स्थानसम्मको सुरक्षामा ध्यान पु¥याइएको जानकारी दिए ।

एसपी केसीले प्रतियोगितालाई लक्षित गरेर प्रतियोगिता उद्घाटन स्थल र आसपासमा घरेलु मदिरा बिक्रीमा पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए ।

शहीद रंगशाला आसपासका होटल, हाटखोला, देवकोटा चौक, घोघापुल चौक, तीनपैनी समेतका स्थानमा सञ्चालनमा रहेका होेलमा बिक्रीका लागि राखिने अवैध मदिरा नियन्त्रणमा लिन थालिने उनको भनाई छ ।