सप्तरी – परीक्षा दिएर फर्केकी बालिकालाई सामूहिक बलात्कार गर्ने तीन जानालाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१ वर्षीय फुदिन खानलाई १३ वर्ष कैद फैसला गरेको हो ।
उनीहरुले २०७१ चैत १३ गते एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई कोठामा लगी सामूहिक बलात्कार गरको भन्दै पीडितले किटानी जाहेरी दिएकी थिईन् ।
तीनैजनालाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला भएको अदालतले जानकारी दिएको छ ।
पीडितले आरोपितसहित सात जनाविरुद्ध उजुरी दिएकोमा राजविराज–८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह, रुपनी गाउँपालिका–६ तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खङ्ग र सुनसरीको गढी गाउँपालिका–६ सतेरझोराका १८ वर्षीय दीपक खेरवार यादवले २०७३ जेठ २४ गते सफाइ पाएका थिए ।
जिल्ला अदालतका श्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार राजगढ गाउँपालिका–३ नर्घोका २० वर्षीय दिपेशकुमार यादवको हकमा मुद्दा मुल्तवी नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्