असार १२, २०८२ बिहीबार

टिपर चालकद्वारा बालुवा संकलन गर्ने किशोरीमाथि सामूहिक बलात्कार



काभ्रेको मण्डनदेउपुरमा द किनारमा बालुवा संकलन गर्ने किशोरी सामुहिक बलात्कारमा परेकी छन् ।

मण्डनदेउपुर नपा– ७ घर भएकी १४ वर्षीया किशोरीलाई क्रासर उद्योगको टिप्पर चलाउने ड्राइभर र खलासीले इन्द्रावती नदी किनारमा लगेर सामुहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

बलात्कारीमध्ये ३ जना पक्राउ परेका छन भने एकजना भागेको छ ।

पक्राउ पर्नेहरुमा मण्डन देउपुर–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा मण्डन देउपुर–७ का २१ वर्षीय रामकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दनुवार र राई क्रसर उद्योगका टिपर चालक हुन् भने रामकुमार सहचालक हुन् ।

उनीहरुले ३ चैत साँझ नदीमा बालुवा सङ्कलन गर्ने ती किशोरीलाई डाँडखोला नजीक खोलाबाट टिपरमा लिएर गएका थिए।’

त्यसपछि सामुहिक बलात्कार गरेकोभन्दै पीडितका परिवारले यही चैत ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जोहरी दर्ता गरेका छन्।

जिल्ला प्रहरीको टोलीले आरोपित तीन जनालाई क्रसर उद्योगबाटै पक्राउ गरेको हो।