
खेल हेरेका धेरैको अपेक्षा थियो, यसपटकको दक्षिण एसियाली महिला च्याम्पियनसिप नेपालले जित्नेछ ।
समुह चरण र सेमिफाईनलमा नेपाली महिला फूटवल खेलाडीको खेलाडीको प्रर्दशनले पनि धेरैको यो अपेक्षालाई बल पुगेको थियो ।
तर अन्तिममा नेपाली महिला टोलीले च्याम्पियनशिप जितेको हेर्ने नेपालीको सपना यसपटक पनि पूरा हुन सकेन।
यसअघिका फाइनल खेलमा तीन पटकसम्म भारतसँग हारेको नेपालले चौथोचोटि पनि उप बिजेतामै चित्त बुझाउन बाध्य भयो ।
विराटनगरको शहीद मैदानमा भएको रोमाञ्चक फाइनलमा भारतले चिर प्रतिद्वन्द्वी नेपाललाई फाइनलमा हराएको हो।
घरेलु मैदानमा आयोजित खेलको पहिलो हाफमा १–१ को बराबरीमा समेटिएको खेल द्रोस्रो हाफमा पनि थप रोमाञ्चक भएको थियो ।
सुरुदेखिनै आक्रामक फुटबल खेलेको नेपालले गोल गर्ने अवसर भने खेर फाल्यो। तर भारतले भने दोस्रो हाफमा थप दुई गोल गर्दै उपाधी विजेता बनेको हो ।
घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। भारतले यो लगातार पाँचौ साफ उपाधि हो। नेपाल भने चौथो पटक उपविजेता बनेको छ।
यस्तै प्रतियोगितामा बंगलादेशले फेयर प्लेको अवार्ड हात पारेको छ भने व्यक्तिगत विधातर्फ भारत र नेपालका खेलाडीले अवार्ड पाए।
भारतकी डालिमा छिब्बर मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन्।

यस्तै भारतकै इन्दुमति र नेपालमी सावित्रा भण्डारीले सर्वाधिक गोलकर्ताको अवार्ड संयुक्त रुपमा जिते।
दुवैल ४-४ गोल गरेका थिए। फाइनलमा डालिमाले गोल गर्दै भारतलाई अग्रता दिलाउँदा नेपालका लागि सावित्राले नै बराबरी गोल फर्काएकी थिइन्।
यस्तै सावित्राले समूह चरणमा भुटान र बंगलादेश अनी सेमिफाइनलमा श्रीलंका विरुद्ध १-१ गोल गरेकी थिइन्।
यस संस्करणको साफमा चार गोल गरेकी सावित्राले नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पूर्व कप्तान जमुना गुरुङलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेकी छिन्। भारत विरुद्ध गोल गरेपछि सावित्राको अन्तर्राष्ट्रिय गोल संख्या २६ पुगेको छ।
नेपालको लागि सर्वाधिक गोल गर्ने कीर्तिमान भने अनु लामाको नाममा छ। उनले ३५ गोल गरिसकेकी छिन्।
प्रतिक्रिया दिनुहोस्