बर्दिया – बर्दियाको राजापुरका ३५ जना महिला र किशोरीहरुलाई प्रजनन् स्वास्थ्यका बारेमा अभिमुखिकरण गरिएको छ ।
राजापुर– ६ मानपुर टपराका युवा महिला समुहका महिला र किशोरी गरी ३५ जनालाई प्रजनन् सम्बन्धी अभिमुखिकरण दिईएको हो ।
प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राईजिङ्ग आईडल बाँकेको आयोजनामा अभिमुखिकरण दिईएको हो ।
अभिमुखिकरण कार्यक्रममा प्रजन्न स्वास्थ्य अन्तरगत महिलाहरुमा देखिने पाठेघर खस्ने समस्या, महिनावारी हुदा सरसफाईमा ध्यान दिनु पर्ने कुरा, परिवार नियोजनका साधनका बिषयमा महिला स्वास्थ्य संयमसेबिका लाहानी थारुले सहजिकरण गर्नुभएको थियो ।
प्रजनन् स्वास्थ्य समस्याका बारेमा जानकारी दिने उदेश्यले आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमका बारेमा राईजिङ्ग आईडल बाँकेका सुपरभाईजर आरती चौधरीले प्रकाश पारेको तालिममा सहभागि गुलेली चौधरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्