
आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा १४ जना महिला र ६ बालबालिकासहित २७ जनाको मृत्यू भएको छ । ७ सय जनाभन्दाबढी घाईते भएको गृह मन्त्रालयले जनाएको छ ।
मृत्यू हुनेहरुमा फेटा गाउँपालिका ६ पुरनियाका २ वर्षिया अलिसा खातुन, ९ वर्षकी रुकसार खातुन, ५५ वर्षकी मिना खातुन, २० वर्षकी सकिना खातुन, १८ वर्षकी सवनम खातुन, १८ वर्षकै समसिदा खातुन, २५ वर्षकी विविया खातुन, ५० वर्षकी मुस्तकिया खातुन र सुवर्ण गाउँपालिका ८ कि ३० वर्षीया तहिखा खातुन रहेका छन् । उनीहरुको कलैया अस्पत्तालमा उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ । उक्त अस्पत्तालमा एकजना महिलाको सनाखत हुन सकेको छैन ।
त्यसैगरी नेशनल मेडिकल कलेजमा फेटा गाउँपालिका ५ पुरनियाका १२ वर्षीया रुवीखातुन र ५० वर्षकी गडियादेविको मृत्यू भएको प्रहरीको भनाई छ । उता नारायणी उपक्षेत्रीय अस्पत्तालमा फेटा गाउँपालिका १ का ४५ वर्षिया मनोरमा देवि र २४ वर्षकी रुवी देवीको उपचारको क्रममा मृत्यू भएको छ ।
मृत्यू हुने पुरुषहरुमा सुवर्ण गाउँपालिका ४ का श्रीप्रसाद यादव, भारत मतकोवाका राजेश मुखिया, अवधेश पासवान, फेटा गाउँपालिका १ का ६० वर्षिय हरिन्द्र दास, ६ वर्षका नन्दलाल पटेल, वर्ष ५५ का अक्षेलाल माझी रहेका छन् । कलैया अस्पत्तालमा २ वर्षका बालक सहित ४ जना र नेसनल मेडिकल कलेमा एकजना पुरुषको सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।
त्यसैगरी पर्सामा १ जनाको मृत्यु भएको छ । हुरीले चैनपुरमा बस पल्टेर वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरका सरोज रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
हुरीका कारण घरहरू भत्किएका, रुख ढलेका, विद्युतीय पोल ढलेकाले त्यहाँ च्यापिएर मृत्यु हुनेको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी हेमबहादुर शाहीले बताए ।
बाराको तेलकुवा, भलुही, स्वर्ण गाउँपालिका, फेटापुरेनिया, हर्दिया र पर्शुराम, धर्मनगर, पर्सौनी लगायत गाउँमा धेरै क्षति पुगेको उनले बताए ।
ती जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले आइतवार बेलुकीदेखि नै उद्धार गरिरहेको छ।
घाइतेमध्ये १५० जनाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर, गण्डक अस्पताल लगायत स्वास्थ्य संस्थामा सयौं घाइतेको उपचार भइरहेको छ । बिरामीहरूका लागि रगतको एकदमै खाँचो भएको नेपाल रेडक्रस सोसाइटीका राजन श्रीवास्तवले जानकारी दिए ।
आइतबार साँझ आठ बजेको समयमा वीरगञ्जमा ठूलो हावाहुरी आएको थियो ।
प्रतिक्रिया दिनुहोस्