असार ६, २०८२ शुक्रबार

सर्वोच्व र उच्च अदालतको न्यायाधीशका लागि ५ जना महिला



काठमाडौं – सर्वोच्व र उच्च अदालतको न्यायाधीका लागि ५ जना महिलाको नाम सिफारिस भएको छ ।

न्यायपरिषदले मंगलबार सर्वोच्व अदालतको न्यायाधीशका लागि सिफारिस गरेका पाँच मध्ये एक जना महिला र उच्च अदालतका लागि सिफारीस गरेका १८ मध्ये चार जना महिला छन् ।

सर्वोच्वको न्यायाधीशका लागि उच्च अदालत सुर्खेतकी मुख्यन्यायाधीश सुष्मालता माथेमा सिफारीस भएकी छन् ।

त्यसैगरी उच्च अदालतका लागि निलम पौडेल, सरलाकुमारी पाण्डे, रेणुका शाह र अञ्जु उप्रेती ढकालको नाम सिफारीस गरी नियुक्ति लिएका छन् । यसअघि पुनरावेदन अदालतमा अतिरक्त न्यायाधीश बनेकी पौडेल उच्च अदालत जनकपुर अन्तर्गत राजबिराज इजलासका लागि सिफारीस भएकी हुन्।

अधिवक्ताको तर्फबाट सिफारीस पाण्डे र शाहको नाम अधिवक्ताहरुको तर्फबाट सिफारीस भएको हो । रुपन्देहीकी पाण्डको नाम उच्च अदालत पाटनको लागि र महोत्तरीकी शाह उच्च अदालत बिराटनगरका लागि सिफारीस भएको हो ।

न्याय परिषदले वैशाख ३ गतेदेखि नियुक्त हुने गरी उच्च अदालत बिराटनगरमा अञ्जुको नाम सिफारीस गरेको हो । वैशाख ३ मा बिराटनगरका न्यायाधीसश उमेशराज पौडेलले अवकास पाएपछि रीक्त हुने न्यायाधीश पदमा उनको नियुक्ती हुने छ ।

सर्वोच्वका लागि सिफारीस हुने अन्य न्यायाधीशमा माथेमा सहित उच्च अदालत पाटनका मुख्यन्यायाधीश प्रकाश ढुंगाना र वकिलबाट बरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा छन्।

त्यस्तै उच्च अदालतका लागि सिफारीस हुने अन्य न्यायधिशहरुमा नायब महान्यायाधीवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल छन्।

यस्तै सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका मोहम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी, पर्साका नगेन्द्रलाल कर्ण उच्च अदालतका न्यायाधीशमा सिफारिस भएका छन्।

अधिवक्ताहरूबाट जगतबहादुर थापा, विमल सुवेदी, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया न्यायाधीश सिफारिस भएका छन्।

सर्वोच्वका लागि सिफारिस भएकाहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि न्यायाधीश बन्नेछन् भने उच्च अदालतमा सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीशले पदमा नियुक्त गर्ने व्यवस्था अनुसार नियुक्त भइसकेका छन् ।