कार्तिक २२, २०८२ शनिबार

‘चीनले नेपाल र भारतसँग त्रिपक्षीय सहयोगको वकालत गरेको छ’



नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैंको शुभकामना सन्देश दिँदा ‘रेसम फिरिरी’ गीत गाएको भिडियो सार्वजनिक गरिन्, जसले उनी नेपालीमाझ चर्चामा आइन् । तीजका गीतमा नाच्ने लगायतका यस्तै सांस्कृतिक उपस्थितिले राजदूत यान्छी नेपालीमाझ चर्चामा आउने गरेकी छिन् ।

तर, कुनैबेला नेकपाका नेताहरुलाई भेटेकोमा राजदूतको भूमिकामाथि आलोचना पनि हुने गरेको छ । खासगरी भारतीय मिडियाले नेपालमा चिनियाँ हस्तक्षेप बढेको र नेपाल चीनको पोल्टामा गएको आरोप अलि बढी लगाउने गरेका छन् ।