कार्तिक १९, २०८२ बुधबार

क्रिकेट कप्तान रुविनालाई एक दर्जन बढी सामाजिक सङ्घसंस्थाद्वारा उत्कृष्ट नागरिक सम्मान



नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुविना क्षेत्रीलाई झापामा क्रियाशील एक दर्जन बढी सामाजिक सङ्घसंस्था अभिनन्दन गरेका छन् ।

झापाको कनकाईमा आयोजित सुरुङ्गा जेसीजको १२ औँ पद हस्तान्तरण कार्यक्रममा क्षेत्रीलाई झापा जिल्लालाई कर्मथलो बनाएर क्रिकेटबाट देशकै नाम चिनाउन सफल भएको भन्दै उत्कृष्ट नागरिक सम्मानद्वारा अभिनन्दन गरिएको हो ।

रुविनालाई कनकाईमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल, पूर्व सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीरा थापालगायतले अभिनन्दन गरेका हुन् ।

झापाको मेचीनगर–१० निवासी क्षेत्रीले खेल क्षेत्रको माध्यमबाट देश विदेशमा समेत पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरूप नौमती बाजासहित अभिनन्दन गरिएको थियो ।

छनोट समितिमा तिम्सिनासहित सुरुङ्गा जेसीजका पूर्वअध्यक्षद्वय सरला पोखरेल र भीम भट्टराई सदस्य रहेको समितिले यस वर्षको सुरुङ्गा जेसीजको उत्कृष्ट नागरिकका पमा क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गर्ने निर्णय गरेको बताइएको छ । सुरुङ्गा जेसीजबाट पाएको यो सम्मानले खेल क्षेत्रमा थप ऊर्जा मिलेको क्रिकेटर क्षेत्रीले बताइन् ।