बैशाख ८, २०८१ शनिबार

कति कुर्ने सम्पदालाई !



sampada-baniya
आज सम्पदा बानियालाई महिनौं कुर्न तयार जो छन्, तीन वर्ष अघिको कुरा हो, उनलाई काम दिन धेरै हिच्किचाउँथे । आज उनलाई यो समय सपना जस्तै लाग्छ । गीतका भिडियोका लागि पहिलो रोजाइकी कलाकार बनेकी छन् आफू ।

अहिलेसम्म दुई सयजति भिडियोमा काम गरिसकेकी उनी यतिबेला सर्वा्धिक व्यस्त महिला कलाकार मध्येमा पर्छिन् । नेपाल टेलिभिजनको मनोरञ्जनात्मक कार्यक्रमकी प्रस्तोताकी रुपमा रजतपटमा छिरेकी हेंटौडाकी सम्पदाको लक्ष्य कला क्षेत्रमा आफ्नो नाम राख्नु नै थियो । तर, आजको लोकप्रियता र मागप्रति उनी स्वयंलाई विश्वास थिएन ।

सम्पदाकै भनाईलाई मान्दा, उनलाई अहिले महिनामा दुई दर्जनभन्दा बढी म्युजिक भिडियोको ‘अफर’ आउछ । अधिकांश भिडियोको काम एक, दुई दिनमै सकिन्छ ।

सम्पदाका म्युजिक भिडियोका संख्यासँगै आम्दानी र जीवनस्तर पनि उकालिँदो छ । तर, तीन वर्षअघि पहिलोपटक म्युजिक भिडियो खेल्दा निर्देशक शिव विकले दिएको खाम उनलाई अझ्ैं याद छ । “घरमा गएर खाम खोले, सात हजार रुपैया“ रहेछ । मलाई यति धेरै पैसा आउँछ भन्ने थाहै थिएन”, उनी भन्छिन् । त्यो सात हजार मध्ये एक हजार रुपैंयाँ अहिले पनि उनको खुत्रुकेमा छ ।  “संघर्षलेपछिको यस्तो सफलता कहिले काहिँ त सपनाजस्तो लाग्नेरहेछ”, सम्पदा भन्छिन् ।