बैशाख १२, २०८१ बुधबार

आमाको बैँसले बच्चाहरुको विचल्ली (भिडीयो सहित)



geet_gayatri

१५ मंसिर, काठमाण्डौ – माया, प्रेम र बिबाह आफ्नो निर्णय गर्न सक्ने पाकाहरुको कुरा हो । तर तिनै पाका भनिएकाहरुले यौवनको आवेशमा गलत निर्णय गर्दा साना बालबालिकाको कस्तो विचल्ली हुन्छ भन्ने दर्शाउने भिडियो सार्वजनिक भएको छ ।
कलाकार गायत्री थापाले तयार गरेको यो भिडियोले जवानीमा महिला पुरुषले मायाजालमा परेर लिने गलत निर्णयले बालबच्चाको लागि हुने गरेको देखाईएको छ । शिवदर्शन डिजीटलमार्फत लोकदोहोरी गीत ‘सम्झनामै रह्यौ’मा पहिला प्रेममा डुब्ने र पछि सम्बन्ध चुँडाएर परीवारको विचल्ली पार्ने अवस्था आएको देखाईएको छ ।
‘हिँजो माया मै माथी खनायौ, आज छोड्यौ रोई हिँड्ने बनायौ, पापी रैछ्यौ आँशु बनी खस्यौ, आज मलाई छोडेर गएनी तर तिमी सम्झनामै बस्यौ’ लगायतका शब्दमा एकदम मार्मिक भिडीयो छायाँकन गरेर कलाकार थापाले समाजको यथार्थता प्रस्तुत गरेकी छन् ।
पुस्कल शर्मा र कोपिला छिनालको स्वरमा गायत्री थापाको शब्द तथा लाल कुमार सारु मगरको थेगोमा रहेको उक्त गीतको म्युजिक भिडीयोमा दुर्गेश थापा, अपेक्षा बस्याल र सन्तोष श्रेष्ठले अभिनय गरेका छन् ।