बैशाख ११, २०८१ मंगलबार

गायिका अरुणा लामाको सम्झना अलग आर्टमा



Aruna Lamaललितपुर – अलग आर्ट हबले गायिका अरुणा लामाको १९ औं स्मृति दिवसको अवसर पारेर शनिबार साङ्गीतिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गायक, गायिका तथा वाद्यवादक गरी ३५ जनाको समूहले लामाका चर्चित गीतहरु प्रस्तुत गरेका थिए।

कलाकारहरुमा एन्जिला सिं श्रेष्ठ, पार्वती राई आभा मुकारुङ, झुमा निरौला, कुवेर नेपाली, रेवत राई, कर्ण लामा, सङ्गीतकार मण्डल साम्पाङ, गायिका बबिना किराती, पावल थुलुङ, यमकुमार समाल, नाकिम लगायत रहेका थिए। कार्यक्रममा लामाका भेटिनु छुटिनु, उडी जाऊँ भनेँ, चौतारीमा, फूललाई सोधेँ, हेर न हेर, ए कान्छा, हिमालसरी, कलकल सलसल आदि गीतहरु प्रस्तुत गरिएको थियो।

प्रायः दुःखका गीतहरु प्रस्तुत भएको कार्यक्रमको अन्तिम प्रस्तुतिको रुपमा गायिकात्रय एन्जिला सिं श्रेष्ठ, आभा मुकारुङ र झुमा निरौलाले हाँगाहाँगा बोलको गीत प्रस्तुत गर्दा माहौल रोमाञ्चक बनेको थियो।
दिवङ्गत स्रष्टाहरुको स्मृतिमा कार्यक्रम गर्दै आएको अलग आर्ट हबले यसअघि तारादेवी, अरुण लामा, नारायणगोपाल जस्ता कलाकारको स्मृतिमा कार्यक्रम गरेको थियो।