बैशाख ११, २०८१ मंगलबार

ओहो ! ‘तिमी त लोग्ने मान्छे पो हो’ 



तिमी त लोग्ने मान्छे वाह ! Saru Sunar

कति स्वतन्त्र छौ है ?

बिहानै उठनु पर्ने डर र कर छैन
मन लाग्दा सम्म सुत्यो , अनि बिस्तारैबाट भने भयो
हैन आज चिया किन ढिलो ?
न कुनै रोकतक न कसैको ठुलो स्वर न कुनै कसैले कराउछ तिमिलाइ
ओहो ! तिमी त लोग्ने मान्छे पो हो

मन लाग्यो भने बरालिन्छौ घर समाजमा ,
कहाँ जमेको जुवातातास कुनै चौतारा या घरको कुनामा ,

दिन भरी मस्त जुवातासमा ,
जति पैसा हारे पनि जिते पनि कुनै फरक पर्दैन
न त कसैको डर छ न त कुनै कर छ ।

किन कि
ओहो! तिमी त लोग्ने मान्छे पो हो

घरमा रासन सकियो , बच्चाको टिफिन सकियो, स्कुलको फिस नतिर्दा बच्चाको भर्ना रोकियो ,
घरमा नुन सकियो , श्रीमतीको गलाको तिलहरी सकियो ,,
तिमिलाइ त के को मतलब ?

जहाँबाट पनि श्रीमतीले पैसाको जोह गरिहाल्छिन नि
यस्ता झिनामसिना काम त घरमा बुढिको पो हो त ?

ओहो ! तिमी त लोग्ने मान्छे पो हो
रात परेसि भट्टि तिर सुटुक्क छिरे भै हाल्यो ,

मस्त रमाइलो साथिहरु सग अनि सान देखाउन परिहाल्यो , गोजामा कति बाकी छ ,
हेलो ! साथिको म हुँदा सम्म बिल अरुले तिर्ने होइन , म छु नि
पुरुषताको अहम त देखाउन परिहाल्यो !!

तिमिलाइ के मतलब ?

उता तिम्रो बुढी खाना पकाइ तिम्रो बाटो कुरि बसिछन ,

छोराछोरी बाबा भन्दा भन्दै भोकै निदाएका छन् ।

आधारातमा लरबराउदै आउने तिमी,
के मतलब तिमिलाइ कति मनका खुसी साटन खोज्छिन तिम्रो बुढी भनी ।

हातमा चुरोट छ , सरिर त ठिकै हो आधा तिम्रो होस छ ।

तिमिलाइ के मतलब तिम्रो त आफ्नै एक क्वाटरको रस छ, आफ्नै दुनियाँ छ।

ओहो ! तिमी त लोग्ने मान्छे पो

तिमी त स्वयम मालिक पो हो त
न नन्द , न देवर , न सासू ,आमाजु
तिमिलाइ त रोक्ने को पो छ र जता गएनी फरक के पो पर्छ र न साझ न रात न बिहान

तिमी त आफ्नो मर्जिको मालिक पो हो त ।

ओहो !तिमी त लोग्ने मान्छे पो हो

तिमिलाइ के थाहा ?
एउटा नारिको ब्यथा

नौ महिना गर्भमा नानी राखी काम गरि बाच्नु को पीडा

जीवन र मृत्युलाई चुनौती दिएर नानी जन्माउदाको प्रसब पीडा

महिनावारी हुँदा पेट दुखेर,बाहिर डराउदै रात बिताउनु को पीडा

जन्म घर छोडी तिम्रो घरमा खेपेको दिनरात तिम्रो आमाले बुहारी भनेर गरेको बिभेदको पीडा

अब तिम्रो लाखी मनमा राखेको श्रीमतीको चोखो माया ,
तिमिसग सुख र खुसिको जिन्दगी तिमिले श्रीमतीको भावना टुक्रायको पीडा ।

तिम्रो त आफ्नै संसार हुन्छ
श्रीमती एक वचन बोले डिभोर्सको धम्की हुन्छ।

अलिकति रिस उठे स्वास्नी कुटिन्छ ।
घरको बुढी राम्री भैन भनि गर्लफ्रेन्ड बनाइन्छ !!!

ओहो ! तिमी त लोग्ने मान्छे पो !

किन कि तिमिलाइ समाजले लोग्ने मान्छे झुक्न हुन्न भनी सिकायो
रुन हुन्न भनि सिकायो।

लोग्ने मान्छे कठोर हुनु पर्छ भनी सिकायो ,

घरको काम , भाडा धुन हुन्न भनी सिकायो।

महिला , स्वास्नी माथी राज गर्नु पर्छ, घर भित्र बन्दी बनाउनु पर्छ भनी सिकायो ।

महिलाको लागि पुरुष पुरुष प्रधान मानसिकता सिकायो ।
लोग्ने मान्छे संन्सारमा शक्तिवान हु भन्ने सिकायो ।
महिला कमजोर हुन्छन् भन्ने सिकायो !!!