बैशाख २३, २०८१ आईतबार

नेपाली चेली बन्धक बनाउने भारतीय नागरीक पक्रिँदा ईन्स्पेक्टरलाई कार्वाही



काठमाडौं – पुल्चोक प्रहरी प्रभागका इन्सपेक्टर गोबिन्द पन्थीलाई प्रहरी प्रधान कार्यालय हेडक्वाटरमा तानिएको छ। झण्डै एक वर्ष अपराध महाशाखाबाट सरुवा भएर पुल्चोक आएका उनलाई एक्कासी हेडक्वाटर तानिएको हो।

उनलाई हेडक्वाटर तानिएको बारे केही जानकारी दिइएको छैन्। गत विहीबारदेखि उनी हेडक्वाटरमा हाजिर भइरहेका छन्।

उनीमाथि केही उजुरी परेकोले छानविन भइरहेको आइजिपीको सचिवालयले जनाएको छ। ललितपुरको पुल्चोकमा निता डंगोललाई बन्धक बनाउने भारतीय नागरिक रबि सिंहलाई पक्राउ गरेको कारण देखाउँदै हेडक्वाटरले उनलाई तानेको बुझिएको छ।

गत कात्तिक २४ गते सिंहले नितालाई बन्धक बनाएका थिए। सिंहलाई पक्राउ गरेपनि पछि ललितपुर प्रहरी परिसरले मुद्दा अघि बढाएको थिएन्।

उच्च प्रहरी स्रोतका अनुसार सिंहले आफू पक्राउ परेपछि भारतीय दुतावासमा निवेदन दिएका थिए। ‘भारतीय दुतावासले पत्र पठाएपछि प्रहरी प्रधान कार्यालयले पन्थीलाई तानेको हो, ‘ती अधिकारीले भने।

पन्थीले बन्दक बनाइएकी महिला लाई आफूले कण्ट्रोलको आदेशमा गई जनप्रतिनिधिको रोहबर मा उद्वार गरि बन्धक बनाउने लाई पक्राउ गरि परिसर बुझाएको बताएका छन् । भारतीय नागरकितालाई मुद्धा चलाउने आफू नभएपनि गलत मुद्वा मैले लगाएको आरोप लागेको उनले फेसबुकमा लेखेका छन् । ‘तेहिसुन्नमा आएको छ। आधिकारिक मलाइ केहि सोधिएको छैन सर’ फेसबुकमा पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीले सोधेको प्रश्नमा पन्थीले जवाफ दिएका छन् ।

पन्थीले आफूलाई निलम्बन गर्ने कुरा समाचार पढेर मात्र ठाहा भएको बताएका छन् । ‘मैले आफ्नो कार्यछेत्रमा आनियमिततागरी कसैसङ रकम मागेको,असुलेको प्रमाणित कसैले गरोस जागिर त के फासिमा चढ्न तयार छु।’ उनले भनेका छन् ।