बैशाख ११, २०८१ मंगलबार

सरस्वती ज्ञवालीको आत्माको आशुले भरिएको आत्मकथा ‘लालटिनको उज्यालोमा’ सार्वजनिक



काठमाडौं-सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ आज सार्वजनिक गरिएको छ । काठमाडौंमा एक समारोहबीच पुस्तक सार्वजनिक गरिएको हो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, सांसद वृन्दा पाण्डे, प्रधानमन्त्री पत्नी राधिका शाक्य तथा लेखक सरस्वती ज्ञवालीले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

कार्यक्रममा लेखक ज्ञवालीले भनिन्, ‘यो पुस्तक कलमको मसीले होइन, आत्माको आँसुले लेखिएको हो ।’ उनले यसो भनिरहँदा दर्शक दिर्घा भावुक भएका थिए ।

ज्ञवालीले सन्तानमा अपांगता हुनुको पीडा तिनका आमाबुबालाई मात्रै थाहा हुने बताइन् । आफ्नो पहिलो सन्तान छोरी मस्तिष्क पक्षघातजस्तो निको नहुने रोगबाट ग्रसित भएका कारण २८ वर्ष पुगिसक्दा समेत उनको मुखबाट ‘आमा’ शब्द सुन्न नसकेको भन्दै लेखक ज्ञवालीले अपांगता भएका व्यक्ति र तीनका परिवारका लागि सरकारले केही व्यवस्था बताइन् ।

‘लालटिनको उज्यालोमा’ लेखकले आफ्नो राजनीतिक यात्रा, जागिरे जीवन, पारिवारिक जिम्मेवारी, संगठनको इमान्दार कार्यकर्ताको भूमिका एकसाथ निभाउने क्रममा भोगेका अनुभव, असल श्रीमती, कुशल गृहणी अनि जिम्मेवार र कर्तव्यनिष्ठ आमाको कथालाई समावेश गरेकी छन् ।