बैशाख १४, २०८१ शुक्रबार

ससुरालीमै श्रीमति र छोरीलाई दाउराले हानेर घाईते



विराटनगर – सप्तरी गोलबजारका दिलिप सहनीले विराटनगर-११ पिचरास्थित ससुरालीमा गएर अाफ्नै श्रीमती, झड्केली छोरी र सालोलाई दाउले प्रहार गरेका छन् । दाउले लागेर सहनीकी २० वर्षीया झड्केली छोरी मनिता सहनी, श्रीमति पुनम सहनी र सालो सन्दिप सहनी गम्भिर घाइते भएका हुन् ।

मंगलवार बिहान साढे ९ बजे ससुराली घर आएका सहनीले उनीहरुलाई दाउ प्रहार गरेका हुन् । घाइते तीनजनाको कोशी अंचल अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ ।

दाउले लागेर पुनमको गाला काटिएको छ । मनिताको टाउकोमा गम्भिर चोट लागेको छ । सन्दिपको भने हातमा काटिएको छ । यद्यपि उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

पुनमले दिलिपसँग दोश्रो विवाह गरेकी थिइन् । उनको पहिले विवाह गरेका श्रीमानको पाँच बर्ष पहिल्यै मृत्यू भएको थियो । दिलिपसँग दाेश्रो विवाह गरेयता उनीहरुबीच एक बर्षयता खटपट भइरहेको थियो । त्यसपछि पुनम पहिलो श्रीमानबाट जन्मिएकी छोरी मनितासँगै विराटनगरस्थित माइतीमा बस्न थालेकी थिइन् ।

पुनमको माइती पक्षका अनुसार दिलिप र पुनमबिच झगडा हुँदै अाएको थियो । झगडापछि गोलबजारस्थित घर छाडेर उनी केहि दिनयता विराटनगरमै बस्न थालेकी थिइन् ।

मंगलबार विहान ससुराली पुग्ने वित्तिक्कै दिलिपले अन्दाधुन्द दाउ प्रहार गरेका थिए । उनलाई स्थानीयबासीले समातेर प्रहरीलाई बुझाएका छन् ।