बैशाख १५, २०८१ शनिबार

जापानमा पुगेकी युवतीको नेपाल बसेर चरित्र हत्या, काठमाडौंबाट युवक पक्राउ



काठमाडौं । वैदेशिक अध्ययनका लागि जापानमा पुगेकी युवतीको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोले गोरखाको भीमसेन थापा गाउँपालिका स्थायी ठेगाना भई काठमाडौंको तारकेश्वर बस्दै आएका २४ वर्षीय भीमसेन भट्टलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भट्टले ती युवतीको नक्कली फेसबुक आईडी बनाएर उनका आफन्तलाई अश्लील भिडियोहरु पठाएका थिए ।

भट्टलाई अदालतबाट ५ दिनको समय लिएर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।