बैशाख २६, २०८१ बुधबार

महिलामा पिसाब चुहिने समस्या अाए के गर्ने ?



डा. अजय अग्रवाल

स्त्री तथा प्रसूतिरोग विशेषज्ञ बिपी कोइराला

स्वास्थ्य विज्ञान प्रतिष्ठान

फिस्टुला महिलामा हुने एक प्रकारको गम्भीर रोग हो । असुरक्षित प्रसवका कारण महिलाको प्रजनन अंग र मूत्रनली वा मलद्वारबीच भागमा प्वाल पर्न जान्छ र यस्तो समस्या आउाछ । यसका साथै यौन हिंसाका कारण प्रजनन अंगमा असर पर्न जाादा पनि हुने गर्दछ । फिस्टुला भएपछि पिसाब बगिरहने हुन्छ । लामो प्रसव व्यथामा महिलाको योनि र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन् र तिनमा प्वाल पर्छ । त्यही प्वालबाट दिसा वा पिसाब निरन्तर जाने गर्छ ।

कारणहरू :

उमेर नपुगी विवाह गर्नु र सन्तान जन्माउनु ।

बच्चा जन्माउदा दक्ष स्वास्थ्यकर्मीको सहयोग नलिनु ।

लामो समयसम्म प्रसव व्यथा लाग्नु, व्यथा लाग्दा दबाएर बस्नु ।

समयमै शल्यक्रियाद्वारा बच्चा नजन्माउनु ।

असुरक्षित रूपमा प्रसूति तथा गर्भपतन गराउनु ।

बच्चाहरूको जन्मान्तर कम हुनु ।

फिस्टुला भए के हुन्छ ?

पिसाब चुहिरहन्छ, पाठेघर फुट्न सक्छ, समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल संक्रमणहरू अल्सर, मिर्गौलारोग, नसारोगजस्ता थप समस्या देखा पर्छन् ।

पिसाब चुइराख्दा शरीर गनाउने हुन्छ ।

फोहरी भनेर सबैले हेला गर्ने, गोठमा राख्ने, सबैले घृणा गर्ने गर्छन् ।

महिलाले यही कारण शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने हुन्छ ।

रोकथामका उपाय –

-उमेर पुगेर मात्र गर्ववती हुनुपर्छ ।

-पिसाब चुहिने समस्या आएमा तुरुन्त स्वास्थ्यकर्मीकहाँ जानुपर्छ ।

-नजिकको स्वास्थ्य चौकीमा फिस्टुलाको पहिचान भएन भने विशेषज्ञ चिकित्सककोमा जँचाउन जानुपर्छ ।

-दक्ष स्वास्थ्यकर्मीबाट उपचार गराउनुपर्छ ।

– पिसाब चुहिने समस्या आएपछि स्वास्थ्यकर्मीसँग सल्लाह गरेर पिसाबनलीमा पाइप लगाउनुपर्छ ।

– रोगको पहिचान भइसकेपछि शल्यक्रियाका लागि विशेषज्ञलाई देखाउनुपर्छ ।

– बच्चा जन्माउँदा नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ । व्यथा लागेको वेला दबाएर बस्नु हुँदैन ।

– बच्चा पेटमा भएका वेला सुरक्षित जाँच नियमित गर्नुपर्छ । कहाँ हुन्छ उपचार ? यसको एक मात्र समाधान भनेको शल्यक्रियामार्फत उपचार गर्नु हो । यसको उपचार पूर्वी नेपालमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, उपत्यकामा पाटन अस्पताल र मोडेल अस्पताल काठमाडौंमा हुन्छ ।