बैशाख २१, २०८१ शुक्रबार

प्रेमी वा श्रीमानको मायाँ साँच्चै हो? जाँच्नुहोस



loveथोरै मात्र पुरुषहरुले आफ्नी केटि साथीलाई साँचो प्रेम गर्दछन् ।धेरै पुरुषहरुको धारणा महिलाहरुसँग मोजमस्ती गर्ने, जिस्कने, उपयोग गर्ने र छोड्ने हुन्छ । कुनै पनि महिलाले आफूलाई प्रयोग गरेको सहन सक्दिनन् त्यसैले पुरुषले महिलालाई साँचो प्रेम गरेको हो कि नाटकमात्र गरेको हो त भन्ने कुरा थाहा पाउन अत्यन्तै जरुरी हुन्छ । महिलाहरुले उनीहरुको हाउभाउमा ध्यान दिनु जरुरि हुन्छ ।
स्पर्श गर्नुस्

यदि तपाईंको प्रेमीले तपाईंलाई बारम्बार कुनै बाहानामा स्पर्श गरिरहन्छन् भने उनलाई तपाईं राम्रो लाग्छ । यसमा उनको उद्देश्य भनेको तपाईंको ध्यान उनीतर्फ आकर्षितण गर्नु हो ।

लजाउनुः

यदि कुनै पुरुष तपाईंलाई देखेर लजाइरहेको छ भने उसले तपाईंलाई मनमनै माया गरिरहेको छ भनेर सम्झनुहोस् । तर यस्तो पनि होइन कि पुरुषहरु कहिलेपनि लजाउँदैनन् । राम्री महिलाहरु देख्नेबित्तिकै पुरुषहरु लजाउने गर्दछन् किनभने यो उनीहरुको स्वभावभित्र पर्दछ ।

नक्कल गर्नुः

कहिलेकाँही पुरुषहरु महिलाको नक्कल गर्ने गर्दछन् , यो पनि उनीहरुको माया गर्ने एक तरिका हो । यो स्वाभाविक हो कि यदि तपाईं कसैलाई मन पराउनु हुन्छ भने उनी जस्तै बन्ने प्रयास गर्नुहुन्छ ।

मिठो मुस्कानः

पुरुषहरु महिलालाई देख्ने बित्तिकै मुसुक्क हाँस्ने गर्दछन् । कुनै पुरुषले एक महिलालाई माया गर्छ भने उनले ती महिलालाई मिठो मुस्कानका साथ हेर्ने गर्दछ ।

तपाईंको कम्मरमा हात राख्नुः

यदि तपाईंको कम्मरमा कुनै पुरुषले हात राख्छ भने यसको सिधा अर्थ उनले तपाईंलाई मन पराउनु हो । यसबाट यो पत्ता लाग्छ कि ती पुरुष निकै आत्मविश्वासी छन् र तपाईंलाई मन पराइरहेका छन् ।

आँखा झुकाएर कुरा गर्नुः

यदि तपाईंको प्रेमी तपाईंसँग नजर झुकाएर कुरा गर्छन् भने उनले तपाईंलाई माया गर्ने कुरामा ढुक्क हुनुहोस् ।

टाउको निहुराउनुः

यदि कोहि पुरुषले तपाईंतर्फ टाउको निहुराइरहेको छ र तपाईंले बोलेको कुरालाई ध्यानपूर्वक सुनिरहेको छ भने ती पुरुषले तपाईंलाई निकै मनपराउँछन् र तपाईंसँग कुरा गर्न उनलाई निकै रमाइलो लाने कुरा बुझ्नुहोस् ।

छटपटाहटः

यदि तपाईं कुनै पुरुषसँग कुराकानी गरिरहनुभएको छ र कुरा गर्ने क्रममा ती व्यक्ति निकै डराएको र बोल्दा हड्बडाउने गरिरहेका छन् र कुरा सुरु गर्न आत्तिरहेका छन् भने भने ती पुरुष तपाईंको मायामा परेको सम्झनुहोस् । एजेन्सी ।