बैशाख १६, २०८१ आईतबार

दलितसंग भागेकी छोरी बोलाएर धुमधाम कन्यादान (फोटो फिचर )



     intercast-marriage-9८ कार्तिक, गुल्मी – अहिलेपनि छोराले दलित बुहारी ल्याए बाबुआमासंग छुट्टीएर बस्नुपर्छ, छोरी दलितसंग पोईला गए माईतिघर जाने बाटो सदाका लागि बन्द हुन्छ । त्यो भएन भने त्यो बिबाह दिर्घकालिन हुँदैन । तर गुल्मीका यूवा र पाल्पाकी एक यूवतिको बिबाह त्यो भन्दा बिल्कुल फरक भएको छ, दलितसंग भागेकी आफ्नी छोरीलाई बोलाएर बिधीवत रुपमा कन्यादान गरीदिएका छन् ।

intercast
पाल्पाको अर्गेलीकी श्रेष्ठ परिवारकी छोरी सिर्जनाले गुल्मीको सदरमुकाम रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका धु्रव सुनार संग भागी विवाह गरेकी थिईन् । परीवार संग सल्लाह गरेर अन्तरजातीय बिबाह गरीदेलान भन्ने कल्पनामा पनि नसोँचेकोले उनीहरु भागेर बिबाह गरे । तर उनीहरुको सोँच त्यतिबेला गलत सावित भयो जतिबेला सिर्जनाका माईतिले विधिवत विवाहको प्रस्ताव राख्यो । सुरुमा उनिहरु भागे पनि कतिपय अन्य परिवारको जस्तै सधैका लागि भाग्न र वहिस्कृत हुन परेन् । उनिहरुले जिल्लामै नमुना अन्तरजातिय विवाह गरेर देखाइदिए ।
श्रेष्ठ परीवारको प्रस्तावपछि सदरमुकामका सम्पन्न परीवारमा गनिएका सुनार जन्तिसहित बेहुला बेहुली बेहुलीको माईतिमा पुगे । चिल्लो कारमा चढेका दलित परिवारका वेहुला र वसभरी चढेका उनका सुकिला मुकिला जन्तीलाई धुमधाम स्वागत गरे अर्गेलीका श्रेष्ठ परिवारले ।

intercast-marriage-4

अनि विधीवत रुपमा बरमाला पहि¥याएर बिबाह सम्पन्न भयो । बिबाहपछि पनि श्रेष्ठ परिवारले कुनै दर दाजुभाइबाट कुल निकालाको धम्की सुन्नु परेन । आफन्तजनबाट पानी बाराबारको तुच्छ बचन सुन्न परेन । सबै एक मत थिए ।
बिबाहमा जन्तिको रुपमा पुगेका पत्रकार प्रेम सुनारका अनुसार गुल्मीबाट गएका पुरै दलित समुदायका जन्तीहरुलाई पर्छिनका लागि श्रेष्ठ परिवार स्वागत गर्न रिडीको पुल सम्म पुगेका थिए । ‘श्रेष्ठ परिवारको घरै अगाडी आई पुग्दा सिर्जनाका दाजु र भाउजु, दिदी वहिनीहरु जन्ती पर्छिन आई पुगे, जन्ती पर्छिए लगत्तै वेहुला वेहुलीलाई हातमा समातेर घरको ढोका अगाडी सजाईएको विवाह मण्डमा लगेर उभ्याउँदै उनिहरुको पाउ वरीपरी आम्खराको जलले पुज्दै विधिवत विवाह र टिकाटाला सुरु गरियो’ सुनारले भने ‘श्रेष्ठ परिवारका सवै सदस्य र उनिहरुका आफन्तजनले टिका टालामा कत्ति पनि संकुचन नराखेर उच्च स्वागत सत्कारका साथ जन्ती बटाए ।’

intercast-marriage-6
बिबाहमा दुलाहाको बाबुआमा र दुलहीको बाबुआमाले गर्ने सम्देलो पनि धुमधाम गरीयो । ‘सम्धेलो गर्न सिर्जनाकी आमा सुरुमा पुगिन र सम्दीना अम्वीका सुनारलाई बाँजोडेर चिनो साटा साट गरिन्’ सुनारले भने ‘उनका श्रीमानको मृत्यु भइसकेकाले सम्दी टोपबहादुर सुनारलाई पनि उनि र उनका जेठा छोराले औठी लगाई दिएर सम्देलो गरे ।’ उक्त दृश्य नियाल्न मानिसहरुको घुईचो थियो ।
समाजमा अहिले दलित परिवारका विवाहमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भोज भतेरको व्यवस्था गरीएको हुन्छ तर श्रेष्ठ परिवारले भने सामुहिक भतेरको व्यवस्था मिलाएका थियो ।

intercast-marriage-5
जिल्लामा यस्तो विवाह पहिलो पटक भएको जन्ती र यस जिल्लाका दलित अधिकारकर्मीहरुले बताए । वेहुलाका भिनाजुको हैसियतबाट जन्ती गएका नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिकले उक्त विवाह अहिले सम्मकै उदाहरणीय विवाह भएको बताए । रिडी नै घर भएका त्यस विवाहमा शरिक नेकपा एमालेका अगुवा कार्यकर्ता रामलाल बिकले यस्ता विवाहरु हुँदै जान थाले जातिय विभेद स्वतः हट्ने प्रतिकृया दिए । intercast-marriage-7
सुनार परिावार तम्घासका पुर्खेयौली देखि खानदानी परिवार मानिन्छन् । उनिहरु सदरमुकाम तम्घासका पुराना सुन चाँदी व्यवसी पनि हुन् । सिर्जनाका माईतजन पनि प्रतिष्ठीत परिवारका हुन् । यि दुई सम्पन्न परिवार विच भएको विधिवत अन्तरजातिय विवाहलाई अव सवैले सहजरुपमा लिएर बढवा दिन जरुरी देखिन्छ ।