जेष्ठ ५, २०८१ शनिबार

अस्ताईन्, गुल्मीकी एक तारा



janaki-6१४ मंसिर, गुल्मी –  कहिले हिँसापिडीत महिलालाई न्याय दिलाउन प्रहरीकहाँ, कहिले बाल अधिकार पक्षमा योजना बनाउन बैठकमा, कहिले गाउँ गाउँमा तालिम र प्रशिक्षणहरुमा । देख्नेहरुलाई लाग्थ्यो, एक सक्रिय अधिकारकर्मी । उनको खटनपटन हेर्दा सायदै कसैलाई लाग्थ्यो उनी विरामी छिन् । तर आफू ५ वर्षदेखि ब्रेन ट्यूमरको समस्यामा रहेर पनि अधिकारको वकालतमा निकै सक्रिय थिईन जानकी ज्ञवाली । अधिकारको क्षेत्रमा जिल्लाकी एक तारा  उनै ज्ञवालीको आईतबार निधन हुँदा गुल्मी जिल्ला शोकमा परेको छ ।

३७ वर्षिया ज्ञवालीको आईतबार राती करिव ११ वजेको समयमा एक्कासी अचेत भई वुटवलमा मृत्यु भएको हो । ५ वर्ष अघि व्रेन ट्युमरको समस्या आए पछि अप्रेशन गरीएको थियो । केहि दिन अघि पनि त्यस्तै समस्या देखा परे पछि उपचार गर्न लगिएकी ज्ञवालीको आईतबार एक्कासी अचेत भएको केहि वेरमै मृत्यु भएको हो ।

विद्यार्थी जीवन काल देखि नै महिला अधिकारकर्मीका रुपमा सक्रिय हुँदै आएकी ज्ञवाली जिल्लाका धेरै सामाजिक संघ संस्थामा आवद्ध थिईन् । महिला मानव अधिकार रक्षक सञ्जाल गुल्मीकी अध्यक्ष रहेकी ज्ञवाली सेतो गुराँस वालवालिक केन्द्रकी सचिव, जिल्ला वाल संगठनकी उपाध्यक्ष र उत्पीडित समुदाय उत्थान केन्द्रले सञ्चालन गरेको स्थानिय साशन तथा सामुदायिक विकास कार्यक्रमकी संयोजक थिईन् ।  ज्ञवाली कुनै राजनैतिक दलको आस्थाबाट यहाँका महिला र वालवालिकाको क्षेत्रमा पहिलो महिलाको रुपमा सक्रिय रहेको उनका समकक्षीहरुले बताए । ‘उहाँको मृत्युले हामीले महिला र वालवालिकाको क्षेत्रमा स्वतन्त्र रुपले काम गर्ने होनाहर साथी गुमाएका छौं , भुसालले भनिन –‘यो भावविहल अवस्थामा धेरै बोल्न सकिन तर उहाँको वारेमा छोटो शव्दमा बोलेर पुग्दैन् ।’

स्नातक उतिर्ण गौतय योग्य र सक्षम महिला हुँदाहुँदै धेरै समय वेरोजगार बसीन् । कहिल्यै कसैसंग घमण्ड नगर्ने मिलनसार स्वभावकी थिईन । अधिकारकर्मीहरु भन्छन् ‘हामीले हाम्रो मान्छे राम्रो मान्छेलाई गुमाएका छौं ।’ गुल्मीकै वलेटक्सार गाविसकी चेली र सोही गाविसकी वुहारी बनेकी ज्ञवाली परिवार पछिल्लो चरण वुटवलमा वसाई सराई गरेको थियो । उनका दुई नावालक छोरा र छोरी छन् ।    janami-mam