बैशाख २६, २०८१ बुधबार

लेवनानमा अधिकार माग्दा अधिकारकर्मी नै देश निकाला



sushila-rana२६ मंसिर, काठमाडौं  – लेवनान अध्यागमले महिला अधिकारकर्मी सुशिला सुजना रानालाई देश निकाला गरेको छ।

नारी ग्रुप लेवनानकी अध्यक्ष समेत रहेकी रानालाई १० दिनअघि अध्यागमन प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो। देश निकाला गर्न प्रहरीले हिजो साँझ रानालाई विमानस्थल पुर्‍याएको थियो। उनी आइतबार दिउँसो नेपाल आईपुग्ने छिन्।

अवैधानिक नेपाली महिलालाई सघाएको र घरेलु कामदार भएर अधिकारकर्मी भएको आरोपमा अध्यागमनले उनलाई देश निकाला गरेको हो। गल्ती बिना नै रानालाई देश निकाला गरिएको भन्दै स्थानीय अधिकारीवादी संस्थाहरुले विरोध गरेका छन्।