चैत्र १५, २०८० बिहीबार

जागिरे आमा



आमा बन्न खोज्नु जति सजिलो छ, त्यति नै गाह्रो छ सन्तानको लागि समय दिनु, हुर्काउनु र बढाउनु । सानै उमेरदेखि बालबालिकाको हितको पक्षमा वकालत गर्दै आएकी म बाल अधिकार, बालबालिकाको मनोभावना, समय अनुसार आफ्नो बालबालिका प्रतिको अभिभाबकको भुमिका लगायतका मुद्दालाई उठान गर्दै पहिलो पटक बलबालिकाको लागि रेडियो कार्यक्रम बाल कार्यक्रम लिएर सञ्चार क्षेत्रमा प्रवेश गरेकी थिएँ ।

एक दशक भन्दा बढी समय सञ्चार क्षेत्रमा बिताउँदा धेरैजसो विषयवस्तु बालबालिका र महिलाहरुको हक हितको लागि उठाएकी थिएँ । आमा र एउटा बच्चा सँग जोडिएको सम्बन्ध , उसको परिवारले दिएको समय, वातावरण र संस्कारले बालबालिकाको भविष्य निर्धारण गर्छ भन्ने विषयमा धेरै रिपोर्ट बहसहरुमा सरिक भएँ ।

त्यतिबेला मनमनमै प्रण गरेकी थिएँ, मेरो सन्तानको लागि म एउटा असल आमा बन्नेछु । मिल्ने साथी बन्नेछु । तब मात्रै मेरो अभियान सफल भएको हुनेछ ।

तर, यस्तै प्रण गेरिकी म जब पहिलो सन्तानको आमा भएँ, सुत्केरी भएको १५ /२० दिन देखि सानो नानी लिएर कार्यलय धाउन थालेँ । नानी बढ्दै गइन । उनले पढ्ने समय भयो । मैले मिडियामा दिनुपर्ने अनियमित अनि लामो समय, पारिश्रमिक पनि थोरै । बच्चा बोकेर अपडेट हुनुपनि गाह्रो थियो । अब त बिस्तारै नानिको लागि समय दिनु पर्छ भन्ने लाग्यो र मिडिया छोडेर बस्न थालेँ ।

परिवार देखि टाढा शहरको ठाउँ । घरभाडा महंगो । समय अनुसार हर आवश्यकताहरु पूरा गर्न श्रीमानको जागिरले मात्रै गाह्रो हुने देखियो । र, फेरि म आफैपनि निष्क्रिय भएर बस्न सकिन । सामाजिक सघंसस्था विभिन्न एनजीओ, आइएनजिओहरुमा सहभागी भएर काम गर्न थालेँ ।

फिल्डको काम, कैयौँ पटक सानो बच्चा पिठ्यूँमा बोकेर हिडेँ । कैयाँै पटक साथीसंगीकोमा छोडिदिएर हिडेँ । बेलाबेलामा उस्लाई समय दिन नपाउँदाको छट्पटी मनमा खड्किएपपनि उसले भने कहिले आमाले छोडेर हिड्यो भन्ने गुनासो गरिन । सायद सानै उमेरमा पनि सबैसगँ छिट्टै घुलमिल हुन सक्ने स्वभावको भएर हुन सक्छ ।

जेठी छोरी तीन वर्ष पुग्दै गर्दा दोस्रो सन्तानको रुपमा अर्की छोरी जन्मिइन् । त्यस पछि त तीन वर्षकी नानी पनि धेरै ठूली जस्तै भइन् । उनको र मेरो विस्तारा फेरियो , बहिनी पाउँदा उनिपनि खुशी भइन् । दोस्रो नानू जन्मिएको ४ महिना पछि मेरो दिनचर्यहरु फेरि त्यसरी नै सुरु भयो । बाबा आमा दुबै जना आफ्नो काममा ।

उनीहरुसंगै बसेर गृहकार्य गर्न त टाढाको कुरा भयो उनीहरुले केही कुरा सोध्यो भने पनि झर्को लागेर आउने अनि झर्केर बोलिदिन्छु । विस्तारामा पल्टिएपछी झल्याँस्स सम्झिन्छु मेरो व्यवहारले बच्चाहरुको बाल मस्तिष्कमा के प्रभाव पर्यो होला ? अब यस्तो गर्नु हुदैन भन्दै झर्न खोज्ने आँसु रोक्यो, निदायो ।

अब त तीनवर्षको छोरीको जिम्मेवारी आफू सम्हालिने र बहिनी सम्हाल्ने पनि भयो । यसरी नै दिनहरु अगाडि बढ्न थाल्यो । सानो छोरीको पनि स्कुल सुरु भयो । त्यसपछी भने मैले कामबाट विश्राम लिएँ र झण्डै १ वर्ष उनिहरु संग संगै रहेँ । स्कुल लैजानु र ल्याउनु, उनीहरु संगै खेल्नु, सँगै बसेर गृहकार्य गर्नु मेरो ड्युटी भयो । यो समय नानीहरूको आनिबानी पढाई उदाहरणीय रह्यो ।

तर, समय बित्दै जाँदा घर खर्च, स्कुल खर्च, श्रीमानको पढाई , मेरो पढाइ खर्च यो सबै एजनाको कमाईमा म्यानेज गर्न कहाँ सम्भव हुन्थ्यो र ? मैले बाध्यताले फेरि काम सुरु गरेँ ।

बिहान उठ्यो, नानुहरुको लागि स्कूल टिफिन, घर फर्किँदालाई नास्ता, खाना तयार गर्नु, घरको सरसफाइँ, नानीहरूलाई तयार गरि स्कुल पठाउनु, अनि आफू तयार भएर कार्यालय जानु । बिहानमा उनिहरुसंगै बसेर किताबी कुरा गर्ने समय नै हुँदैन । फेरी साँझ आयो, फेरि सरसफाईँ र भान्साको काम, ज्यान फतक्क गलेको हुन्छ ।

उनीहरुसंगै बसेर गृहकार्य गर्न त टाढाको कुरा भयो उनीहरुले केही कुरा सोध्यो भने पनि झर्को लागेर आउने अनि झर्केर बोलिदिन्छु । विस्तारामा पल्टिएपछी झल्याँस्स सम्झिन्छु मेरो व्यवहारले बच्चाहरुको बाल मस्तिष्कमा के प्रभाव पर्यो होला ? अब यस्तो गर्नु हुदैन भन्दै झर्न खोज्ने आँसु रोक्यो, निदायो ।

आमाको मनले गरेको प्रण व्यवहारले पूरा गर्न सकेन भन्ने साह्रै आत्म ग्लानी हुँदोरहेछ ।

भोलि हुन्छ दिन चर्या फेरी त्यस्तै । शनिबार एक दिन बिदाको दिन नुहाईँ, धुवाईँ, सरसफाईँ गर्दै बित्छ । न स्कुल प¥याउनु, न लिन जानु, न त उनीहरुको गतिविधि बुझ्नु ।

लामो छुट्टी भयो भने कोठामै थुनेर राख्यो । यसपटक भने स्कुल बिदा मनाउन मावली गएँ । २/४ दिनपछि लिन गएँ । खाली टिकटमा भुल्यो भन्ने गुनासो आएपछि आमाको मोबाइल हेरेँ २ सय बढी टिकटक ड्राफ्ट बनाएका रहेछन ।

टिकटको विषय वस्तु हेर्दा नकारात्मक नभएपनी ३ दिनम २ सय बढी टिकटक बनाउनु सामान्य विषय थिएन । यस्ले मेरो मानसपटलमा ठूलो झड्का लाग्यो । थोरै मात्र त्यस्तो विषय थियो जो नानीहरुलाइ यस्तो नगर भन्नू पर्ने । तर धेरै विषय यस्ता थियो जो म आफै सिक्नु पर्ने । बढी जस्तो टिकटकमा बाबा आमाले समय दिन नसक्दा र उनिहरुले अपेक्षा गरेको व्यवहार नपाउँदा बालबालिकाको मस्तिष्कमा परेको प्रभाव झल्किएको थियो । यसले म आफुलाई निक्कै भावविह्वल बनायो ।

मैले सोँच्दै नसोँचेको चिन्नै नसकेको फरक क्षमता र प्रतिभा छोरीहरुमा रहेछ, भन्नेपनि लाग्यो । त्यसपछी फेरि मैले त्यो दिन दोस्रो पटक अर्को प्रण गरेँ, उनीहरुको मनोबल उच्च राख्ने । मेरो समय, माया र समयसँग उनीहरुलाई परिचित बनाउने । उनीहरुको गतिविधि नियाल्ने, प्रतिक्रिया दिने साथी बन्ने । आमाको मनले गरेको प्रण व्यवहारले पूरा गर्न सकेन भन्ने साह्रै आत्म ग्लानी हुँदोरहेछ ।

एकदिन छोरीले विद्यालको अविभावक भेलाको लागि पठाएको निमन्त्रणा पत्र देखाउँदै पहिलो पटक विद्यालको गतिविधिमा हामीले समय दिन नसकेको आभास गराइन । भनिन्, आउने भए साइन गर्नु नआउने भए पर्दैन । सबैको बाबा मम्मिहरु छोड्न आउछ्न लिन आउछन, सर म्यामसँग कुरा गर्छन हाम्रो त कहिले आउनुहुन्न ।

उसले यी शब्दहरु बोल्दै गर्दा उ भित्रको मनोभाव म प्रस्ट बुझ्दथेँ र पनि अबुझ जस्तै बनिदिएँ । उसले फेरी बाबातिर फर्केर हातमा लिएको निमन्त्रणा पत्र तेर्साएर हजुर आउनुहुन्छ र ? भन्दै जवाफ मागी बाबाले पनि भ्याउदिन भनेपछि उसको बाल मस्तिष्कमा परेको निरासाको चोट प्रस्ट उसको मुहारमा देखिन्थ्यो । मैले बिस्तारै म आउँछु भनेपछि उस्को मुहार केही उज्यालियो ।

भोलिखेर कार्यलयमा केही समय मागेर स्कुल पुगँे । बैठकको पहिलो भाग सकिसकेको रहेछ । अभिभावकको आफ्नो कुरा राख्ने समय सुरु भैसकेको रहेछ । म कार्यलयबाट छोटो समय लिएर निस्किएकोले आफ्नो कुरा राखेर निस्कन्छु भन्ने सोँचले मञ्चमा गएँ । मञ्चमा पुगेर अगाडि हेरे हल अभिभावकले भरिएको थियो । म नतमस्तक भएँ ।

एक्कसी हिजो छोरीले निमन्त्रणा पत्र देखाउदै हामिसँग उस्ले समय मागेको सम्झिएँ । मन भक्कानियो आवाज रोकियो , आफुलाइ अभिभावकको भुमिका पूरा गर्न भन्दा पनि हिजो छोरीले समय मागेको कारण बध्यताले त्यहाँ पुगेको गैर जिम्मेवार अभिभावक जस्तो महसुस गरे । शिक्षक ,विद्यालय र बच्चाहरुको विषयमा अव्यवहारिक भाषण गर्न अपराध सम्झिए बच्चाहरुलाई आफुले समय उपलब्ध गर्न नसकेको गल्ती स्विकार्दै हलबाट बाहिरिएँ । सायद नेपाली समाज, एकल परिवार र जागिरे सम्पुर्ण आमाहरुको काथा हो यो व्यथा हो ।