बैशाख १६, २०८१ आईतबार

शितलनिवासमा सीमा नाघेको सिउँदो, जसले देशकै मन जित्यो



vvip-wedding-2काठमाडौं – चल्दै आएको चलन के छ भने सिउँदो रंगाउन पनि एउटा सिमा छ । त्यो सिमा नाघ्नु परम्परात ः बर्जित छ । चेलीले सिउँदो भर्ने साईत जुराउनुपूर्व पहिला जाति र धर्म हेरीन्छ त्यसपछि कुलघराना । अनिमात्र बाँकी छलफल गरेर साईत जुराईन्छ । एकाध बाहेक नेपाली राजनीतिकको उच्च घरानिया परीवारमा समेत यही परम्परा मिचेका छैनन् । तर नेपालको ईतिहासमा बहालवाला उच्च राजनीतिक घरानीयाले सोमबार त्यो परम्परा तोड्यो । बहालवाला राष्ट्रपतिकी छोरी निशाकुसुम भण्डारी र पूर्व राष्ट्रपतिका नाती अभिषेक यादवको यो सम्बन्ध ले देशकै मन जितेको छ । यो बिबाहले देशमा केही उच्च किर्तिमानी समेत कायम गरेको छ ।

पहाडी मधेशी एक
संघियताको मोडलको विषयमा चर्को बहस चलिरहेको बेला एउटी पहाडी ब्राम्हण यूवतिले खाँटी तराई मूलका यूवासंग लगनगाँठो कँसेपछि धेरैले उनीहरुहरुको उक्त अभियानको प्रसंसा गरेका छन् । सोमवार विवाह हुदै गर्दा मधेशवादी दल र प्रमुख विपक्षी दल एमालेविच मधेशकै मुद्धामा असमझदारीमात्र होइन चर्को द्धन्द पनि छ । तर यो नमुना बिबाह समारोहका अवसरमा राष्ट्रपति भवन शितल निवासको सोमवार जमघट निक्कै चाखलाग्दो रह्यो ।

pahadi madhesi

देशका उच्च घरानीया
लामो समयदेखि प्रेम सम्वन्धमा रहेका यी जोडिविच हजुरवुवा राष्ट्रपति भवन शितलनिवासवाट बाहिरिएको र आमा राष्ट्रपतिको रुपमा शितलनिवास भित्रिएको अवस्थामा यस्तो विवाह हुन पुग्यो । दुवै देशको प्रमुख ओहोदामा पुगेका व्यक्तित्वका परीवारविच भएको यो बिबाह पनि ऐतिहासिक हो । वर्तमान राष्ट्रपति र पूर्वराष्ट्रपतिको परिवारविच सम्बन्ध जोडिनु पनि एउटा अचम्मको संयोग थियो ।

Bidhya Rambaran

वर्तमान र पूर्व राष्ट्रप्रमुख एकै ठाउँमा
यो बिबाहले यस अर्थमा पनि सम्झनायोग्य बन्यो कि जीवित रहेका देशका पूर्व र वर्तमान प्रमुखहरु सबै एकैठाउँमा भेट भए । देशमा गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालका राष्ट्रप्रमुख र गणतन्त्रकालका राष्ट्रप्रमुख एकैठाउँमा भएको यो पहिलो घटना हो । राजमुकुट त्यागीसकेका पूर्व राजा ज्ञानेन्द्र शाह विबाहमा उपस्थित भएर दुलहादुलहीलाई बधाई तथा शुभकामना दिएका थिए । संयोग नै मान्नुपर्छ पूर्व राजा शाहको बिबाह पनि ५० वर्षअघि शितल निवासमै भएको थियो । सोही भवनमा जन्ती लिएर ५० बर्ष अघि पुगेका शाहले आफ्नो बिबाह पनि उक्त अवसरमा संझिएको बताए ।

gyanendra

प्रेमलाई पार्टीले छेकेन
फरक राजनीतिक आस्थाका यूवा यूवतिबिचको निकटतालाई समाचारमा टिप्पणी गरीन्छ । झन दुई आस्थाका व्यक्तिविचको प्रेम सम्बन्धलाई जोडेर विभीन्न आलोचना गरीन्छ तर यो विबाहको अर्को रोचक पक्ष त के छ भने दुलही निशाकुसुम एमालेका पूर्व महासचिव जननेता स्वर्गिय मदन भण्डारी र राष्ट्रपति विद्यादेवि भण्डारीकी छोरी हुन् । एमाले नेतृ भएकै कारण राष्ट्रपति पदमा छिन् भने डा. रामवरण यादव नेपाली काँग्रेको पृष्ठभुमिबाट नेपालको पहिलो राष्ट्रपति बनेर कार्यकाल पूरा गरीबसेका छन् । अभिषेककी आमा किरण यादव पनि महोत्तरी जिल्लाबाट काँग्रेसकी नेतृ तथा सांसद रहेकी छिन् । त्यसैले यसलाई काँग्रेस र कम्युनिष्टविचको पारिवारिक सम्बन्ध, अन्तरजातीय सम्बन्ध मात्र होइन समावेसी सम्बन्ध कायम भएको छ ।

nishakusum1
राजतन्त्रकालको बिबाह स्थल गणतन्त्रकालमा बिबाह
राष्ट्रपतिभवन शितलनिवास पहिला परराष्ट्र मन्त्रालय बसेको जहाँ परारष्ट्र मन्त्रालय हुँदा अतिथि सत्कार विभाग थियो । त्यो भन्दा पहिला लामो समयदेखि राजा महाराजाहरुले विवाहको समारोह गर्ने स्थल शितल निवासनै थियो । कृष्णशम्सेरको नाममा रहेको उक्त भवन उनले सरकारलाई प्रदान गरेपछि उक्त भवनलाई राजाहरुले समारोह स्थलको रुपमा रुपान्तरण गरेर सोही भवनमा अतिथी सत्कार विभाग समेत राख्न लगाएका थिए । हनुमान ढोका दरवारबाट राजदरवार नारायणहिटी सरेपछि भने उक्त भवनमा त्यस्ता समारोह हुन छोडे र परराष्ट्र मन्त्रालय वस्यो । निशाकुसुम अहिले यही भवनबाट अभिषेक यादवको दुलहीका रुपमा अन्मीइन् ।

rastrapati-chori-bihe-4

कसरी भयो प्रेम ?
निशाकुसुम र अभिषेक विद्यालय तहदेखिका साथी हुन् । उनीहरुले बुढानिलकण्ठ स्कुलमा सहपाठी भएर अध्ययन गरेका थिए । त्यसपछि अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लण्डनबाट इन्जिनियरिङमा उच्च शिक्षा लिए । निशाकुसुमले नयाँदिल्लीबाट एमबीबीएस गरीन् ।
अध्ययनयनकै क्रममा प्रेम सम्बन्धमा बाँधिएका उनीहरुविच २ वर्ष अघिदेखि बिबाहको प्रसंग चलेको थियो । आफ्नो अध्ययनकै लागि विवाहको मिति सर्दै आएको भएपनि उनहरुविचमा बिबाहको कुरा चल्दा विद्यादेवि भण्डारी राष्ट्रपति भईसकेकी थिईनन् । उनीहरुको बिबाहको प्रसंग चलेपछि नै दुवैको परीवार राष्ट्रप्रमुख हुने संयोग मिल्यो ।

nisha

एकताको सन्देश
अहिले देशमा एकातिर राष्ट्रवादको चर्कँदो लहर छ भने अर्कोतिर अधिकारको चर्को लडाईँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पहाड मधेश छुट्याउनु नहुने भन्दै आन्दोलन चर्काएको छ भने मधेशले पहाडको कुरा नमान्ने स्थिती छ । मधेश र पहाडविचको दुरी निक्कै बढेको यो अवस्थामा संयोग नै भन्नुपर्छ सत्तापक्षिय काँग्रेस निकट र प्रतिपक्षि एमाले निकटरहेका तर राजनीतिमा ठूलो महत्व राख्ने परीवारविचको यो बिबाहले निकै महत्व राख्छ । पहाडी र मधेशी फरक जातिलाई एउटै परिवार बनाएर जोडेको यो विवाहले काँग्रेस र एमलेलाई एकै ठाउँमा उभ्याएको छ । त्यतिमात्रै होइन यो विवाहमा पूर्व राजा ज्ञानेन्द्र समेतको सहभागिता भएको हुँदा विभिन्न ध्रुवमा फर्किएकाहरुको एउटा संगम स्थल बनेको छ । यो विवाहमा न जात हेरिएको छ नत वर्ग नै । यसमा मात्रै दुलाह र दुलहीको प्रेम र खुशी हेरिएको छ । पहाड मधेश विचको तिक्तता बढीहरेको बखत यो बिबाहलाई धेरै नेपालीले धन्यवाद दिएका छन् जसले फरक जात, फरक वर्ग, फरक समुदाय र फरक प्रदेशलाई एकैठाउँमा जोडेको छ ।

rastrapati-chori-bihe-3