बैशाख १२, २०८१ बुधबार

तेरियाले जितिन् झलक दिखला जाको ताज



teriya-magarभारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि नेपाली चेली तेरिया मगरले जितेकी छिन् ।अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकाे बलिउड अनलाइन ‘बलिउड लाइफ’ ले जनाएकाे छ ।

तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् । विशेषगरि, तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेकको अनलाइनले जनाएको छ । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ ।

रुपन्देहीकि तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो । अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो ।

तेरियाले कति भोट पाइन् भन्ने खुलेको छैन । तर, सेलिब्रेटीहरुको डान्स शो पनि जितेर तेरियाले अर्को सफलता कायम गरेकी छिन् ।