बैशाख ७, २०८१ शुक्रबार

१२ वर्षीया बालिका र १६ वर्षे किशोरको बाजा बजाएर बिबाह



Bibaha

गुल्मी – गुल्मीमा अनौठाअनौठा प्रेम र विवाहसम्वन्धका खवर आइरहेका छन् । ८० को हाराहारीमा पुगेकाहरुले बाजा बजाएर विवाह गरेको खबर सार्वजनिक भएको धेरै भएको छैन ।
पछिल्लो समय १२ वर्षिया बालिकाको प्रेमसम्बन्ध छुटाउन नसकेपछि उनलाई बाबुआमाले बाजै बजाएर बिबाह गरिदिएका छन् । एक महिना अघि दर्लामचौर–७ का १६ वर्षिय सुशील बस्नेतले दर्लामचौरकै १२ वर्षिया वालिका अनिता क्षेत्री (नाम परिवर्तन)लाई भगाएका थिए ।

कक्षा ८ मा पढ्ने अनितालाई कक्षा ७ मा पढ्ने सुशिलले भगाएपछि गाउँमा निकै हंगामा भएको थियो । केटीका परिवारले खोज तलासका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिए । फलतःमाघ २३ गते ति दुवैलाई फेला पारी दुवैका परिवारजनको रोहवरमा आ–आफ्नो परिवारको जिम्मामा लगाएर पठाएयो प्रहरीले ।
तर, उनीहरु आपसमा छुटिटन नै नसक्ने भएपछि ति १२ वर्षिया वालिकालाई बेहुली बनाई माघ २९ गते सुशिलका परिवारले बाजा बजाएर घर भित्राएका हुन् । छुट्टिएको एक हप्ता नपुग्दै वावु आमाको अस्वीकारका वावजुद पनि ति १२ वर्षिया वालिका वेहुली बन्न आतुर बनिन र माग २९ गते सुशिलका परिवारजनले बाजै बजाएर घर भित्राएको अनिताकी आमाले बताईन् ।
‘मेरो श्रीमान विदेशमा हुनुहुन्छ , मैले सानै उमेरकी छोरीलाई छुटाउन निकै प्रयास गरेर छुटाएर घर पनि फर्काएँ तर स्कुल पढ्न जान्छु भनेर हिडेकी छोरीलाई मशान्तीको दिन बजा बजाएर , भोज भतेर गरेर उनिहरुले भित्राए’– अनिताकी आमाले भनिन्–‘ उनिहरुका सामु मेरो केहि लागेन् । ’

उनका अनुसार छोरी अनिता भर्खर १२ वर्ष उमेर पार गरेकी छिन् । बाल विवाहलाई कानुनले वर्जित गरेपनि गुल्मीमा यस्तो विवाह भएको हो भने अहिलेसम्म प्रशासनले कानून  विपरित जाने विरूद्व   कुनै कारबाही गरेकाे  छैन ।