बैशाख १५, २०८१ शनिबार

भर्ना हुँदा छात्र बढी, परीक्षा दिँदा छात्रा



student

काठमाडौं – कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गतेदेखि हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३ विद्यार्थी सहभागी हुँदैछन्। तीमध्ये छात्र २ लाख ३० हजार ८ सय ८० तथा छात्रा २ लाख ३३ हजार ८ सय ६३ छन्। यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौ।

पछिल्लो तीन वर्षयता १० कक्षाको अन्तिम परीक्षा दिनेमा छात्रको तुलनामा छात्राको संख्या बढी छ। ‘सरकारले छात्रामा गरेको लगानीको प्रतिफल देखिन थालेको छ,’ शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले भने।

सरकारले प्रत्येक छात्रालाई छात्रवृत्ति दिइरहेको छ। छात्रामैत्री शौचालय व्यवस्थाको अभियान नै चलेको छ। ०६४ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष १० कक्षाको परीक्षा दिन लागेका हुन्।

शिक्षा विभागका अनुसार त्यस वर्ष कक्षा १ मा १३ लाख ३४ हजार १ सय ९४ जना भर्ना भएका थिए। भर्ना भएका मध्ये ८ लाख ६९ हजार विद्यार्थी कक्षा १० सम्म पनि आइपुगेनन्।

१ कक्षामा भर्ना भएका मध्ये ३५ प्रतिशत विद्यार्थीमात्र हाल १० कक्षाको परीक्षाको तयारीमा छन्।