बैशाख २५, २०८१ मंगलबार

वडाअध्यक्ष श्रीमानकी उपमेयर श्रीमति, जनताले दिए जिम्मेवारी



Musikot Rukum

रुकुम – घरमा श्रीमान श्रीमति बराबर भएपनि पार्टीको जिम्मेवारीले बुधबारसम्म प्रेम कुमारी सुनुवार गोपेश्वर केसिको निर्देशन मान्नुपथ्र्यो । तर राजनीतिले बुधबार जनताले यस्तो जिम्मेवारी दिए कि गोपेश्वरले प्रेम कुमारीको निर्देशन मान्नुपर्ने भयो । यो रुकुमको मुसिकोट नगरपालिका १० का दम्पत्ती माओवादी केन्द्रकी जिल्ला सदस्य प्रेम कुमारी र जिल्ला उपाध्यक्ष रहेका गोपेश्वर केसीको खवर हो ।
गोपेश्वरलाई नगरपालीका प्रमुखमा उम्मेदवार बनाउनुपर्ने आवाज कार्यकर्ताको थियो, तर उनी आफ्ना नेतालाई सम्मान गरेर उक्त पद केन्द्रिय सल्लाहकार देविलाल गौतमलाई दिए । पार्टी भित्र ईमान्दार र मेहनेती नेताको रुपमा परीचित केसी दम्पत्तीलाई सम्मान गरेर पार्टीले प्रेम कुमारीलाई उपप्रमुखको जिम्मेवारी दियो, गोपेश्वर १० नम्बर वडा अध्यक्षमा चुनाव लडे । बुधवार दुवै जनाले चुनाव जितेका छन् ।
४ हजार ५ सय ११ मत पाएर नगर उपप्रमुखमा विजयी भएकी प्रेम कुमारीले पार्टीले गरेको विश्वास र जनताले दिएको जिम्मेवारी पूरा गर्नका लागि श्रीमान श्रीमति लागि पर्ने बताईन् । उनीहरुले चौखाबाङ्गमा रहेको आफनो सबै सम्पत्ति पार्टीलाई बुझाएका छन् । ‘सम्पत्ति भन्नु नै जनताको विश्वास हो’ उनले भनिन् ‘यहि विश्वास कायम राख्नका लागि दुवैजना जनताको काममा खट्छाँै ।’
आफू एउटा मात्र वडाको नभई समग्र विकासका लागि लाग्ने गोपेश्वरले विजय भएपछि प्रतिकृया दिएका छन् । ‘आवस्यकताले जिम्मेवारी एकटाउम्मा भएपनि समग्र विकासका लागि हामी लडेका हौँ’ उनले भने ‘जनताको निर्देशन अनुसार काम गर्छु ।’