बैशाख १, २०८१ शनिबार

प्रशासनको उपसचिवमा ४ जना महिला उत्तिर्ण



Upasachib Ladies

काठमाडौं – लोक सेवा आयोगले सार्वजनिक गरेको प्रशासन सेवा अन्तर्गत उपसचिव पदको लिखित परीक्षाको नतिजामा ४ जना महिला उत्तिर्ण भएका छन् । लिखीत परीक्षामा ३१ जना उत्तिर्ण हुँदा ४ जना महिला उत्तिर्ण भएका छन् । उत्तिर्ण हुनेहरुमा अनिता पौडेल, मिरा आचार्य, मीना गुरुङ्ग र शारदा भण्डारी रहेका छन् ।
गएको माघ ५ र ६ गते सञ्चालित लिखीत परीक्षामा ७ सय ६८ जनाले प्रतिस्पर्धा गरेका थिए । लिखित परीक्षामा उत्तिर्ण ३१ मध्येबाट २० जना उपसचिव छनौटका लागि साउन १५ देखि १८ गतेसम्म अन्तरवार्ता हुने लोक सेवा आयोगले जनाएको छ । अन्तरवार्ताका लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साईजको फोटो २ प्रति, आवस्यक न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र र अन्य आवस्यक कागजात भरेर ७ दिनभित्र सम्पर्क राख्न आयोगले सूचना गरेको छ ।
सबै उत्तिर्णको नतिजा यसप्रकार छ

Upasachib list