आश्विन १९, २०८१ शनिबार

को हुन् यी दुई अफिसर ? जो इन्ट्रिग्रिटी आईडलको उत्कृष्ट पाँच सरकारी कर्मचारीमा छानिए



काठमाडौ – डिसेम्बर १८ मा सार्वजिनक हुन लागेको इन्ट्रिग्रिटी आईडलको अन्तिम चरणमा पुगेका ५ जना निजामती कर्मचारीमध्ये अहिलेसम्म सिर्जना तिवारी अगाडि देखिएकी छन् ।

आजसम्मको मत परिणाम अनुसार सिर्जना तिवारीले एसएमएसमार्फत ३६ र अनलाईन मतदानमार्फत २१ प्रतिशत मत पाएकी छिन् । दोस्रो नम्बरमा देखिएका शेषनारायण पौडेलले एसएमएसमार्फत २७ र अनलाईनमार्फत २३ प्रतिशत मत पाएका छन् ।

इन्टिग्रिटी आईडलको चौथो संस्करण ‘इन्टिग्रिटी आइडल नेपाल २०१७’का उत्कृष्ट पाँचलाई अनलाईन तथा एसएममएसमार्फत मतदान गर्दा तिवारी अगाडि देखिएकी हुन ।

उत्कृष्ट पाँचमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सिर्जना तिवारी, जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग बबरमहलमा सहायक वन अधिकृतका रुपमा कार्यरत सवनम पाठक, पञ्चदेव मावि कालीकोटका गणित शिक्षक सवराज बम, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक र पूर्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह सदस्य रहेको निर्णायक समितिले मनोनयनमा परेकामध्येबाट उत्कृष्ट पाँच जनाको नाम चयन गरेको हो ।

नागरिकप्रति उत्तरदायी, जिम्मेवार र पारदर्शी रुपमा काम गर्ने सरकारी कर्मचारीलाई थप जवाफदेही बनाउने उद्देश्यले सन् २०१४ देखि इन्टिग्रिटी आइडलको शुरुवात गरिएको हो । सन् २०१४ मा पाँचथरका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, सन् २०१५ मा गुल्मीका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल,सन् २०१६ मा सिद्धबाबा मावि गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीस विजेता बनेका थिए ।

नेपालबाट शुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा लाइबेरिया, पाकिस्तान, माली, नाइजेरिया र दक्षिण अफ्रिकालगायतका देशसम्म पुगेको छ । अन्तिममा परेका प्रतिस्पर्धीलाई एसएमएस र वेबसाइटमार्फत मत दिन सकिनेछ । कृष्ण धितालका लागि मतदान कोड १, सवनम पाठकका लागि २, सवराज बमका लागि ३, शेषनारायण पौडेलका लागि ४ र सिर्जना तिवारीका लागि कोड ५ छ ।

मोबाइलको म्यासेज बक्समा गएर आइआइएन टाइप गरी स्पेस दिएर आफूलाई मनपर्ने नामको मतदान कोड लेखी ३४००१ मा पठाउन सकिनेछ ।

को हुन् सिर्जना तिवारी ?

सरकारी सेवाको सुरुवात वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट गरेकी सृजना तिवारी, विस्तारै त्यसै क्षेत्रमा दक्षता हासिल गर्दै गईन् । काम गर्दै जाँदा उनको झुकाव पनि त्यस क्षेत्रमा बढ्दै गयो । वैदेशिक रोजगारमा जाने हरेक नेपालीले भोग्नुपर्ने समस्याले पनि उनलाई पिरोल्दै गईरहेको थियो । उनलाई लाग्थ्यो, ति वैदेशिक रोजगारीमा जाने पीडित कामदारलाइ ठगिनबाट बचाउन सकियो भने ठुलो उपलब्धि हुने थियो ।

त्यहि शिलशिलामा करिब ३१ महिना कुवेत स्थित नेपाली दुतावासमा श्रम कहचारी भएर काम गर्दा ति सबै कुरालाई नजिकबाट अनुभूत गर्ने मौका पाईन्। थुप्रै कामदारहरूले सम्झौता पत्रमा तोकेजति पारिश्रमिक नपाएका, शारिरिक हिंसाको सिकार भएका र लामो समयसम्म काम गर्दा पनि तलब नपाएका लगाएतका थुप्रैमुद्दाहरु दुतावासमा आउँथे ।

त्यस भन्दा अगाडी पनि दुतावासमा मुद्दाहरु दर्ता नहुने त हैन तर, प्रगति शुन्य जस्तैथियो । जब उनले जिम्मेवारी पाईन, उनले कम्पनीका मानव संसाधान अधिकृतहरूसंग कुरा गर्न थालिन्। थुप्रै समस्याहरू समाधान हुँदैगए । लामो समय सम्म तलब रोकिएका कामदारले तलब पाउन थाले । कम्पनीले उनिहरू बिरुद्ध गरेको ज्यादती कम हुदै गयो ।

उनिप्रति कामदारहरूको भरोसा बढ्दै गयो । दिनहुँ सयौं व्यक्ति कुनै न कुनै समस्या लिएर आउथे । उनिहरू निरास भएर फर्कनु पर्दैनथ्यो । एक एक गर्दै समस्या समाधान गर्दै जान्थिन्। उनि सबै पक्षलाई समेटेर समग्र समस्याकोसमाधान खोज्ने प्रयास गर्थिन्। त्यसैको परिणाम हुन सक्छ कुवेतबाट नेपाल फर्किदा, त्यहाँ नेपाली कामदार कार्यरत कम्पनीका प्रतिनिधि समेत उपस्थित भएर उनको भब्य बिदाई गरेका थिए ।

खाडि मुलुकमा घरेलु कामदारको रूपमा जाने महिलाहरूले भोग्नु परेका मानसिक तथा शारीरिक शोषणले पनि उनको ध्यान तानिरहेको हुन्थ्यो । उनले त्यसको सुरुवात कुवेतबाटै गरिन्। त्यस पछि सो विषयमा गहन बहस हुन थाल्यो । अन्त्यमा, सरकारले घरेलु कामदारको रूपमा महिलालाई खाडी मुलुकहरुमा जान कानुनि तवरमै रोक लगायो ।

त्यस बेला उनलाई डर धम्की र लोभलालचका प्रस्ताव लिएर आउनेहरू पनि थुप्रै थिए तर उनको अठोटका अगागी उनिहरू निरास भएर फर्कनुको विकल्प थिएन । कुवेतमै रहेर नेपालि कामदारको हक हितमा कलम चलाउदै आउनुभएका पत्रकार राजन रिमाल भन्नुहुन्छ, “मैले चिनेको एकजना दाइ मानसिक रोगि भईसकेका थिए ।

उनि कुवेत आएकोमात्र ७ दिन भएको थियो । कम्पनीले १५ जना कामदारलाई एउटैकोठामा राखेको थियो । सम्झौतामा भए अनुसार तलब पनि थिएन । काम पनि तोकिएभन्दा छुट्टै थियो ।

उनि थकित भएर आत्महत्या गर्ने मनस्थितिमा पुगिसकेका थिए । जब मैले सृजनाजीलाई यसको बारेमा विस्तृत रूपमा भने, उहाँले तुरुन्तै कम्पनीको मानव संसाधान अधिकृतसंग कुरा गर्नुभयो र भन्नुभयो, यदि तिमीलाई कामदार चाहिन्छ भने सम्झौतामा उल्लेख गरे अनुसारको सेवा सुबिधा अनि काम देउ, नभए तिम्रो अनुमति खारेज गरिदिन्छु ।

उनले निर्भिक रुपमा आदेश दिएपछी पीडित कामदारकै ईच्छा अनुसार कम्पनीले नै टिकट काटेर नेपाल फर्कईदियो ।” उनले अरु पनि थुप्रै जिम्मेवारीमा रहेर काम गरिन । सोलुखुम्बुको नाम्चेमा सहायक प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा काम गर्दा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गरिन । सेवाग्राही टाढाटाढाबाट आउँथे, कसैलाई प्रक्रिया थाहा हुँदैनथ्यो, कसैसंग कागजातको प्रतिलिपि हुँदैनथ्यो।

त्यहि बहानामा कर्मचारी आफ्नो जिम्मेवारीबाट पछी हटेको उनले नियालिरहेकि थिईन । जब उनि त्यो जिम्मेवारीमा आफै आईन, उनले ति सहजै हुने कामलाई प्राथमिकतामा राखिन । सेवाग्राहीले वास्तविक सेवानुभुती गरे । जसका कारण अहिले पनि सोलुखुम्बुवासीले उनलाई सम्झिरहेका हुन्छन । छोटो समय सामान्य प्रशासन मन्त्रालय अन्तर्गत योजना तथा अनुगमन शाखा प्रमुख भएर काम गरिन्।

त्यो छोटो अवधिमा उनले आफ्नै नेतृत्वमा अवकास प्राप्त उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने उद्देश्ले मापदण्ड तय गरेर वेवसाईटमा राखीन् । जुन अभ्यासले आफ्नो सेवाअवधिमा उत्कृष्ट काम गरेका कर्मचारीले अवकास पश्चात पनि सम्मानको अनुभुति गर्नेछन्भने, बहालवाला कर्मचारीलाई थप जिम्मेवार भएर काम गर्ने हौसला प्रदान गर्नेछ भन्ने विश्वास उनिमा छ ।

उनि विभागले दिएको जिम्मेवारीमात्र पुरा गर्नुलाई पर्याप्त ठान्दिनन् । सरकारी संयन्त्रभित्रका बेथिति, विसंगती र सुधार्नु पर्ने क्षेत्रको बारेमा निर्णयक तहलाई सचेत गराउने दायित्व विभागकै कर्मचारीको हो भन्ने मान्यता उनि राख्दछिन । यहि सन्दर्भमा लेखिएका उनका थुपै लेख रचनाहरु बिभिन्न राष्ट्रिय दैनिकहरूमा प्रकाशित भएका छन्।

हाल कर्मचारी स्थानिय निकायमा समायोजन हुँदै गर्दा, कसले के गर्ने भन्ने अन्यौलता छ । थुप्रै कमचारी जिम्मेवार विहिन जस्तै छन्। त्यस मध्येकै एकजना कर्मचारी उनि पनि हुन । तर, उनि हाँजिर गर्नमात्र कार्यालयमा आउदिनन्। भावि योजनाका बारेमा सहकर्मिसंग छलफल गर्छिन ।

बचेको समयमा मन्त्रालय भित्रकै पुस्तकालयमा गएर प्रशासन सुधार सम्बन्धि पुस्तक अध्ययन गर्छिन र समसममयिक प्रशासनिक अभ्यास र सुधार्नु पर्ने क्षेत्रका बारेमा सुझाव सहितका लेख रचनाहरु सृजना गर्छिन्। समग्रमा भन्नु पर्दा, उनि ईमान्दार, मेहनती, स्पष्ट र जनताले बुझाएको करको महत्व बुझेको सच्चा  कर्मचारी हुन ।

को हुन् सबनम पाठक ? 
हाल वन विभाग बबरमहल, काठमाण्डौमा कार्यरत सहायक वन अधिकृत सबनम सानै देखि प्रकृती पे्रमी थिईन । बिहानै रुखको कापबाट चियाउने सूर्यको किरण र चराहरूको चिरबिराहटले उनको मन लोभ्याउथ्यो । त्यसैले उनले वन बिज्ञान अध्ययन गरीन्।

बि.स. २०४९ सालमा पहिलो पटक सरकारी सेवामा प्रवेश गरेकी पाठक पहिलो पटक कञ्चनपुर जिल्लामा खटिएर गईन्। सरूका दिन देखिनै उनले सरकारी सेवालाई माया गरीन्। त्यस बखत वनमा महिला कर्मचारी एकदमै थोरैमात्र थिए । एकजना महिला कर्मचारीलाई राति सम्म खटिएर काम गरेको देख्दा मान्छेहरु अच्चम्म पर्ने गर्दथे । उनलाई देखेर एक पटक टक्क रोकिन्थे ।

पुलुक्क हेर्थे, अनि आफ्नो बाटो लाग्थे । सरल भाषामा भन्ने हो भने, महिला कर्मचारी प्रति आम मानिसले भरोसा गर्दैनथे । चुनौतिपुर्ण काम त उनिहरू गर्नै सक्दैनन् भन्ने एक किसिमको भ्रम थियो । चितवनमा पहिलो पटक खटिएर जाँदाको घटनाले पनि यो कुरालाई पुष्टी गर्छ । त्यहाँ, कार्यालय भित्रकै परुष कर्मचारीमा पनि महिला कर्मचारीले टाईपमात्र गर्ने हो भन्नेमानसिकता थियो।

त्यस बेला लिथो मेशिनबाट टाईप गर्ने चलन थियो । उनलाई पनि त्यहि गर्न भनियो । तर, उनको जिम्मेवारी फिल्ड र योजना शाखाको थियो । मैले पाएको जिम्मेवारी मैले नै पाउनु पर्छ र त्यसको लागि म सक्षम छु भनेर कार्यालय भित्रै आवाज उठाईन्। सेवाग्राहीको मनस्थिति पनि कार्यालयका पुरुष कर्मचारी भन्दा फरक थिएन ।

जब उनि आफु कार्यरत कार्यालयको प्रमुखको जिम्मेवारीमा पुगिन्, सेवाग्राहीहरू कार्यालयमा आउथे र उनलाई नै सोध्ने गर्थे, प्रमुख ज्यु कता हुनुहुन्छ ? सहकर्मीहरू मुखामुख गर्थे र उनि प्रती ईसारा गर्दै भन्थे, उहाँ नै कार्यालय प्रमुख हुनुहुन्छ । तर पनि उनिहरूलाई विश्वास गर्न गाह्रो हुन्थ्यो ।

२०५२ सालमा चितवनमा सामुदायिक वनको अवधारणालाई अघि सारेर वन जोगाउने अभियानमा लागेकी उनले, पहिलो पटक आफ्नै अगुवाईमा “कंकाली सामुदायिक वन” गठन गरिन्। समितिमा ५० प्रतिशत महिला हुनुपर्ने अनिवार्य सर्त राखिन्।

उनलाई त्यतिखेर नै लाग्थ्यो, हरेक दिन जंगलमा घाँसदाउरा गर्न जाने महिलानै हुन र घाँसदाउराकै शिलशिलामा वन्यजन्तुसंगको संघषमा ज्यान गुमाउने पनि महिला नै हुन्। जबसम्म महिलाहरूमा वन अनि बन्यजन्तु संरक्षणको बारेमा चेतना जगाउन सकिदैन, तब सम्म सम्स्या जस्ताको तेस्तै रहने छ भन्नेमा उनि विश्वस्त थिईन्।

तर यो अवधारण ल्याउँदा उनि हाँसोको पात्र बनिन्। हुन पनि, सुरुसुरुमा महिलाहरू पुर्ण रुपमा निष्कृय जस्तै थिए । उनिहरू नाम मात्रका सदस्य थिए । बिस्तारै उनीहरू बुझ्दै गए । सहभागिता बढ्दै गयो । रुची अनि चासो पनि बढ्दै गयो । सामुदायिक बनको नेतृत्व महिलाले नैगर्न थाले । नजिकै अरु समुहहरू पनि त्यहि अवधारणामा गठन भए ।

त्यस पछीको उनको लक्ष भनेकोचेपाङहरूलाई वन संरक्षणमा सहभागी गराउनु थियो। उनिहरूको समय हरेक वर्ष खोरीया फँडानि गर्नमै बित्दथ्यो । खोरीया फँडानि गर्नु उनिहरूको परम्परा जस्तै थियो । त्यस बखत चेपाङहरू बाहिरी मान्छेसंग कुरा गर्न सम्म डराउथे । यस कुराले उनको योजनालाई थप चुनौति दिईरहेको थियो । उनले योजना बनाईन्।

१५ दिन सम्म उनीहरूसंगै बस्ने । उनिहरूसंगै गिठ्ठा भ्याकुर खोज्न जाने, संगै बसेर खाने । उनिहरूको बोलिभाषा र रहनसहन सिक्ने । उनिहरूका पिरमर्का बुझ्ने र वन संक्षणको महत्व बुझाउने । अन्त्यमा उनि सफल भईन्। १५ दिनको बसाईमा २० वटा समूह बनाईन् । उनिहरूका लागि जिल्ला कृषि विकास कार्यालयको समन्वयमा कृषि सम्बन्धि तालिमको व्यवस्था गरीन् जसले उनिहरूलाई व्यवसायिक खेति र पशुपालन गरेर आत्मनिर्भर बन्न सिकायो ।

उनिहरू वन संरक्षणमा लागे पछि पहिलेका नाङ्गा डाँडाहरू हरिया भए । नजिकै जंगल भए पछि पशुको लागि घाँसपात गर्न टाढाटाढा जानुपरेन । उनिहरूमा यो बनजंगल हाम्रै हो भन्ने मानसिकताको विकास भयो र उनीहरू आफै वन संरक्षणका अभियन्ता बने । त्यस पछि पनि उनले थप्रै जिल्लामा रहेर काम गरीन्तर आफ्नो काम प्रति शंका गर्ने ठाउँ कहिं कतै छोडिनन्।

हाल उनि कार्यरत वन विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्य भन्नुहुन्छ, “ऐलेसम्म मैले टिप्पणि गर्ने मौका पाएको छैन । मैले बुझे अनुसार उहाँलाई सेवाग्रहीले पनि प्रश्न गर्ने मौका पाउँदैनन् । उहाँको सवल पक्ष भनेको उहाँ बिविध पक्षको अध्ययन गरेर कार्ययोजना बनाउनुहुन्छ । योजना अनुसार कार्यान्वयन गर्नुहुन्छ । म यो काम किन गर्दैछु ? कसका लागि गर्दैछु ?

मैले यो गर्दा या नगर्दा नतिजा के हुन्छ भन्ने कुराको बोध भएर काम गर्ने कर्मचारी हो सवनम पाठक ।” उनको निडर स्वभावलाई सुरुसुरुमा मान्छेले स्वीकार गर्न सक्दैनन्। विस्तारै उनले गरेको काम देख्छन अनि भरोसा गर्न थाल्दछन । उनि झुट बोल्दिनन्, लक्षित बर्गलाई केन्द्रमा राखेर काम गर्छिन, अन्याय सहन सक्दिनन र काम प्रति सम्बेदनशील र जिम्मेवार छिन ।

त्यसैले विभागले पनि उनीमाथि भरोसा गरेको छ । हाल उनि वन र वन्यजन्तु संसक्षण, मानव–वन्यजन्तु व्यवस्थापन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसंगको समन्वय लगाएतका कामको जिम्मेवारीमा रहेर काम गरिरहेकी छिन्। उनले सरकारी सेवामा रहेर गरेको योगदानलाई कदर गर्दै, नेपाल सरकारले हालै २०७४ सालको उत्कृष्ट निजामति कर्मचारी पुरस्कारबाट सम्मानित गरेको छ ।