असार ३२, २०८१ सोमबार

सोर्स नपुगेर नेपाल टेलीभीजनमा फालिएकी लीना बनिन् चर्चित साइटकी प्रधानसम्पादक



काठमाडौ- यो दिनसम्म आइपुग्न लीना दुवाडीले धेरै मेहनत गर्नुपर्‍यो। चितवन छाडेर अज्ञात भविष्य पछ्याउँदै राजस्थानको यात्रा गर्दा उनीसँग केही गर्छु भन्ने तीव्र आकांक्षा त थियो तर के गर्ने भन्ने कुनै योजना चाहिँ थिएन।

गोरखपुरबाट अज्ञात भविष्य पछ्याउँदै राजस्थानको रेल समातेको पाँच वर्षमा उनी भारतको सर्वाधिक लोकप्रिय भाइरल कन्टेन्ट साइट विटिफीड WittyFeed को प्रधानसम्पादक बनेकी छन्।

उनको यो यात्रा उनको आत्मविश्वास, अनवरत काम गरिरहनसक्ने गुण र अदभूत सिक्ने क्षमताले हासिल भएको हो।

चितवनको सिनर्जी एफएममा करिब नौ वर्ष समाचार पढेर बिताइन् उनले। नयाँ खुलेको एफएम रेडियोमा उनी कहलिएकी समाचारवाचिका बनिसकेकी थिइन्।

उनी त्यो जागिरबाट माथि उक्लिन चाहन्थिन् तर कहाँ र कता उक्लने भन्ने कुनै मेसो थिएन। उनी नेपाल टेलिभिजनमा काम गर्न चाहन्थिन्। लिखितमा नाम पनि निकालिन् तर अन्तर्वार्ताका लागि भनिदिने कोही मान्छे थिएनन्। त्यो तुस अहिले पनि छँदै छ उनीसँग।

‘तपाईँलाई थाहै छ नि, नभनी त्यहाँ कसैको नाम निस्कँदैन,’ उनलाई अहिले पनि त्यसको थकथकी छ।

जनसंख्या अध्ययनमा स्नातकोत्तर गरे पनि समाचार पढ्नु उनको सौख थियो। उनी आजतक, जी न्यूज, एनडिटिभीमा जसरी समाचार पढ्न चाहन्थिन् तर त्यसका लागि कुनै उपाय फुरेको थिएन। एनटिभीले त अन्तर्वार्तामा फ्याँकिदिएको उनी एनडिटिभीको सपनासम्म देख्न सक्थिन् तर त्यो हासिल गर्न कुनै सम्पर्क थिएन।

धन्य१ ब्रम्हकुमारी कनेक्सनले उनको टिभीमा समाचार पढ्ने आकांक्षा पूरा गरिदियो।

उनी ब्रम्हकुमारीको राजस्थानस्थित मुख्य कार्यालय गइरहन्थिन् परिवारसँग। उनी रेडियोमा काम गर्छिन् र समाचार पढ्न उनको स्वर राम्रो छ भन्ने ब्रम्हकुमारीका केहीलाई थाहा थियो।

त्यही कनेक्सनले ब्रम्हकुमारीको मुख्य कार्यालयले सुरु गरेको स्थानीय न्यूज च्यानल ‘पिस अफ माइन्ड’मा काम गर्ने अफर आयो उनलाई र उनी चितवनबाट गोरखपुर हुँदै राजस्थान पुगिन्। त्यहाँ करिब २ वर्ष टिभीमा समाचार वाचिका भएर बिताइन्। हिन्दीमा छुरा बनिन्।

हिन्दी च्यानलमा उनी यति डुबिन्( दैनिक कामकाजको भाषा नै हिन्दी हुन थाल्यो उनको। उनले त्यहाँ सन् २०१३ देखि २ वर्ष काम गरिन्।

रिपोर्टिङ गरिन्। भिडियो एडिटिङ गरिन्। न्यूज पढिन्।

दुई वर्ष यो गरेपछि उनको मन भरियो। अझै अगाडि जाने उत्कण्ठा जन्मियो मनमा। चितवनबाट राजस्थान आउँदासम्म पिस अफ माइन्डमा समाचार पढ्नु नै उनका लागि अपार थियो तर अब योभन्दा अगाडि जाने हुटहुटीले सतायो। तर कहाँ जानेरु

उनलाई व्यवसायिक अंग्रेजीको ज्ञान कम थियो। नेपाली त पोलेर खाइसकेकी थिइन्। दिल्ली वा मुम्बई जान चाहन्थिन् तर कसरी जानेरु कुनै डोरी फेला परेको थिएन।
उनी नेपाल टेलिभिजनमा काम गर्न चाहन्थिन्। लिखितमा नाम पनि निकालिन् तर अन्तर्वार्ताका लागि भनिदिने कोही मान्छे थिएनन्। त्यो तुस अहिले पनि छँदै छ उनीसँग।

‘तपाईँलाई थाहै छ नि, नभनी त्यहाँ कसैको नाम निस्कँदैन,’ उनलाई अहिले पनि त्यसको थकथकी छ।

जनसंख्या अध्ययनमा स्नातकोत्तर गरे पनि समाचार पढ्नु उनको सौख थियो। उनी आजतक, जी न्यूज, एनडिटिभीमा जसरी समाचार पढ्न चाहन्थिन् तर त्यसका लागि कुनै उपाय फुरेको थिएन। एनटिभीले त अन्तर्वार्तामा फ्याँकिदिएको उनी एनडिटिभीको सपनासम्म देख्न सक्थिन् तर त्यो हासिल गर्न कुनै सम्पर्क थिएन।

धन्य१ ब्रम्हकुमारी कनेक्सनले उनको टिभीमा समाचार पढ्ने आकांक्षा पूरा गरिदियो।

उनी ब्रम्हकुमारीको राजस्थानस्थित मुख्य कार्यालय गइरहन्थिन् परिवारसँग। उनी रेडियोमा काम गर्छिन् र समाचार पढ्न उनको स्वर राम्रो छ भन्ने ब्रम्हकुमारीका केहीलाई थाहा थियो।

त्यही कनेक्सनले ब्रम्हकुमारीको मुख्य कार्यालयले सुरु गरेको स्थानीय न्यूज च्यानल ‘पिस अफ माइन्ड’मा काम गर्ने अफर आयो उनलाई र उनी चितवनबाट गोरखपुर हुँदै राजस्थान पुगिन्। त्यहाँ करिब २ वर्ष टिभीमा समाचार वाचिका भएर बिताइन्। हिन्दीमा छुरा बनिन्।

हिन्दी च्यानलमा उनी यति डुबिन्( दैनिक कामकाजको भाषा नै हिन्दी हुन थाल्यो उनको। उनले त्यहाँ सन् २०१३ देखि २ वर्ष काम गरिन्।

रिपोर्टिङ गरिन्। भिडियो एडिटिङ गरिन्। न्यूज पढिन्।

दुई वर्ष यो गरेपछि उनको मन भरियो। अझै अगाडि जाने उत्कण्ठा जन्मियो मनमा। चितवनबाट राजस्थान आउँदासम्म पिस अफ माइन्डमा समाचार पढ्नु नै उनका लागि अपार थियो तर अब योभन्दा अगाडि जाने हुटहुटीले सतायो। तर कहाँ जानेरु

उनलाई व्यवसायिक अंग्रेजीको ज्ञान कम थियो। नेपाली त पोलेर खाइसकेकी थिइन्। दिल्ली वा मुम्बई जान चाहन्थिन् तर कसरी जानेरु कुनै डोरी फेला परेको थिएन।
समाचारवाचिका अब स्टोरीटेलर भइन्। कथाहरु बुन्नुपर्ने काम आइलाग्यो उनलाई। उनले त्यो चुनौती स्वीकार गरिन् किनभने विटिफीडले उनलाई फुलटाइम जब दिएको थियो। इन्दौरमा बसेर खानलाउन र बस्न अब कुनै अप्ठ्यारो थिएन। उनका दैनिक आवश्यकताहरु सजिलै पूरा हुन थालेका थिए। घर कोशेली पठाउनसक्ने हुन थालेकी थिइन्। कोशेली पाउन थालेपछि घरका मान्छे पनि खुसी हुन थालेका थिए।

विटिफीडमा पुगेपछि उनलाई लाग्यो, यो उनको सपनाको काम हो। उनी यहीँ पुग्न चाहन्थिन् भन्ने उनलाई महसुस भयो। उनको खोजी विटिफीडमै पुगेर टुंगिएझैँ उनलाई लाग्यो। उनलाई लाग्यो, म जीवनको यो उमेरमा बल्ल सही ठाउँमा अवतरण गरेको छु।

उनले विटिफीडमा भाषागत दक्षता सिकिन्, जीवन सिकिन् र काम गर्ने तरिका। एक्लो जीवन थियो। काम गर्न कुनै अड्चन थिएन। उनले लगातार मेहनत गरिरहिन्। २४ घन्टैजसो काम गर्थिन्।

सबै युवाको टिम थियो विटिफीड। विटिफीडको सिइओ नै अहिले २६ वर्षका छन्।

आनन्दपूर्ण काम गर्नेबाहेक विटिफीडको अरु कुनै योजना थिएन। त्यही आनन्दमा उनी पस्दै गइन्। काम गरेर आनन्दित हुनुजस्तो अपार आनन्द अरु केहीमा छैन मानव जीवनमा।

विटिफीडमा पुगेपछि उनलाई लाग्यो, यो उनको सपनाको काम हो। उनी यहीँ पुग्न चाहन्थिन् भन्ने उनलाई महसुस भयो। उनको खोजी विटिफीडमै पुगेर टुंगिएझैँ उनलाई लाग्यो। उनलाई लाग्यो, म जीवनको यो उमेरमा बल्ल सही ठाउँमा अवतरण गरेको छु।

८ महिनामा उनको काम गर्ने क्षमताबाट प्रभावित विटिफीडले उनलाई सम्पादकको भूमिका अफर गर्‍यो। विटिफीड हुर्कँदै थियो र उनी पनि जीवनको सबैभन्दा ऊर्जाशील समयमा प्रवेश गरेकी थिइन्।

‘विटिफीडमा सबै काममा एकदमै मेहनत गर्छन्। त्यहाँको संस्कृति गज्जब छ,’ उनी दंग पर्दै सुनाउँछिन्।

विटिफीडको यस्तो समय आयो कि भारतका टप १० वेबसाइटहरुको सूचीमा पर्‍यो यो। संसारकै टप १०० वेबसाइटहरुको सूचीमा पर्‍यो।

भर्खरै विटिफीडले विजनेस वर्ल्ड अवार्ड पाएको छ जुन बताउँदा लीनाको स्वर झनै तिखो भएको थियो।

लीनाले सुरु गर्दा २० जना स्टाफ भएको विटिफीडमा अहिले १२० जनाको टिम छ।

लीना अहिले विटिफीडको प्रधान सम्पादक बनेकी छन्। विटिफीडमा छापिने हरेक सामग्री उनले ‘एप्रोभ’ गर्नुपर्छ।

विटिफीडको मुख्य कार्यालय इन्दौरमा भए पनि अहिले यसका शाखाहरु क्यानडा, अमेरिका सिंगापुर, मुम्बई र दिल्लीमा छन्।

अहिले विटिफीडले वार्षिक करिब १ अर्ब भारु आम्दानी गर्छ।

मासिक १० करोडभन्दा बढी भिजिटर छन् विटिफीडका। फेसबुकले लिंक कन्टेन्टहरु प्रयोगकर्ताहरुको टाइमलाइनमा पठाउन छाडेपछि विटिफीडका भिजिटर केही घटेर मासिक ८ करोड भएको लीना बताउँछिन्। अहिले एलेक्सा र्‍यान्किङमा भारतमा ६४ नम्बरमा छ विटिफीड।

विटिफीडका दुईवटा साइट छन्। विटिफीड डट मी र विटिफीड डट कम। भिडियो पनि भाइरल हुने गरेको छ विटिफीडको। भाइरल कन्टेन्टमा भारतकै नम्बर एक साइट मानिन्छ अहिले यो।

एडिटर इन चिफ लीना बिहान ९ बजेदेखि राति १२ बजेसम्म व्यस्त हुन्छिन्। बिहान साढे नौ बजे अफिस पुगेर काम सुरु गरेपछि १० बजे विटीफिडका सबै स्टाफ अफिस पुगिसक्छन्। सबै जना बसेर उनीहरु दिनको पहिलो मिटिङ गर्छन् जुन सामूहिक ओम उच्चारणबाट सुरु हुन्छ। त्यसपछि अघिल्लो दिनको रिभ्यू गर्छन् र आजको योजना बनाउँछन्। हाँस्छन्, रमाउँछन् र काम सुरु गर्छन्।

जीवनको सबैभन्दा राम्रो चरणमा प्रवेश गरेकी छिन् लीना। उनलाई मजा आइरहेको छ।

लीनालाई थाहा छ, विटिफीडको सामग्री लोकप्रिय सामग्री हुन् कुनै गम्भीर विषयबस्तु होइनन्। उनीहरु यसलाई अझै परिमार्जन गर्दै आम मानिसको जीवनमा प्रेरणा जगाउन र परिवर्तन ल्याउन चाहन्छन्। मासिक १० करोड भिजिटरसम्म पुग्ने बललाई उनीहरु सकारात्मक ऊर्जासाथ प्रयोग गर्न चाहन्छन्।

३१ वर्षको उमेरमा अविवाहित लीना दुवाडी ९२भिभलबअजष्तधबल० ले जीवनको राजमार्ग फेला पारेकी छन् जहाँ काम, काम र कामबाहेक अरु केही चिजका लागि कुनै स्थान छैन।

बधाई लीना ! साभार:देश सञ्चार