बैशाख ३१, २०८१ सोमबार

मामाघर गएकी बालिकाको ट्याक्टरको ठक्करले मृत्यु



गुल्मी – मदाने गाउँपालिका–२ पुर्कोटदहमा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका–५ घर भई पुर्कोटदहमा रहेको मामाघरमा बस्दै आएकी नौ वर्षीया एलिशा केसी रहेको प्रहरीले जनाएको छ।

उनलाई लु ३ त ५३०९ नम्बरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

ट्रयाक्टर चालक अर्घाखाँचीको शीतजंगा नगरपालिका ३८ वर्षीय टीकाराम सुनारलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रवीराज थपलियाले जानकारी दिए।

उनलाई इलाका प्रहरी कार्यलय पुर्कोटदहमा राखिएको बताइएको छ।