बैशाख १३, २०८१ बिहीबार

पुरुष क्रिकेट टिमलाई उछिन्दै नेपाली महिला क्रिकेट टिम आइसीसीको बरियतामा



काठमाडौं- नेपाली पुरुष क्रिकेट टिमले एकदिवसीय क्रिकेटको मान्यता पाएको भए पनि अझैसम्म आइसीसीको बरियतामा स्थान बनाउन सकेको छैन । आइसीसीको बरियतामा समावेश हुन आवश्यक खेल खेलिनसकेका कारण पुरुष क्रिकेट टिम बरियतामा समावेश हुन नसकेको हो । नेपाली महिला क्रिकेट टोली भने आइसीसीको नयाँ बरियतामा टि–२० अन्तर्राष्ट्रियतर्फ १६ औं स्थानमा परेको छ । 

आइसीसीले हालै सार्वजनिक गरेको बरियतामा महिला टि–२० तर्फ अस्ट्रेलिया पहिलो स्थानमा छ । त्यसपछि क्रमशः इङल्याण्ड, न्यूजिल्याण्ड, वेष्ट इण्डिज, भारत, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बाब्बे, युएइ, युगाण्डा, नेपाल छन् । महिला वन डे तर्फ पनि अस्ट्रेलिया नै पहिलो छ । 

पुरुषतर्फ भने टेस्टमा क्रमशः भारत, दक्षिण अफ्रिका, इङल्याण्ड, न्यूजिल्याण्ड, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, वेष्ट इण्डिज, बंगलादेश र जिम्बाब्बे छन् । टेस्ट मान्यता पाएर पनि पर्याप्त खेल नखेलेका कारण आयरल्याण्ड र अफगानिस्तान बरियतामा समावेश भएका छैनन् । 

वन डेतर्फ क्रमशः इङल्याण्ड, भारत, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज, अफगानिस्तान, जिम्बाब्बे, आयरल्याण्ड, स्कटल्याण्ड र युएइ छन् । टि–२० अन्तर्राष्ट्रियमा क्रमशः पाकिस्तान, भारत, इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज, अफगानिस्तान, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड, जिम्बाब्बे, युएइ, नेदरल्याण्ड, हङकङ, ओमन र आयरल्याण्ड छन् ।