बैशाख १४, २०८१ शुक्रबार

बेहुला मदिरा पिएर आएपछि विवाह मण्डपबाट रीत्तै फकाइन् बेहुलीले



बिहे मण्डपमा आउँदा बेहुलाले मदिरा सेवन गरेर आएपछि बेहुलीले विवाह गर्न अस्वीकार गरि रीत्तै फर्काएकी छन् ।

घटना भारतको भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँको हो । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो।

छोरीका बाबु त्रिभुवन साहले भने, ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ। बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन्।’

नातेदारहरुका अनुसार, बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन्। बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन्। त्यही भएर बेहुलीले मण्डप छाडेर भागेको आफ्न्तले जनाएका छन्।

दुबै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए तर उनी सहमत भइनन्।

विहे नभएपछि गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन्।

भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा बर्सेनि अवैध मदिरा सेवनबाट मानिसहरुको मृत्यु समेत हुने गरेको छ।