चैत्र १५, २०८० बिहीबार

नेपाली सञ्चारकर्मी अनिता सिलवाल अमेरिकामा पुरस्कृत




फ्लोरिडा – नेपाली सञ्चारकर्मी अनिता सिलवाल अमेरीकाको प्रशिद्ध पुरस्कार ‘सि नोज ह्वेयरसी इजगोइङ्ग – २०१९’ पुरस्कारबाट पुरस्कृत भएकी छन् ।

नेपालमा बाल कलाकार देखि सफल सञ्चारकर्मी रही अमेरिकामा पनि सोही क्षेत्रमा पुरयाएको योगदानको मूल्याङ्कन गर्दै सिलवाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

आफ्नो कार्यक्षेत्रमा माथिल्लो तह सम्म पुग्न सफल व्यक्तित्व, व्यक्तिगत, शैक्षिक र व्यवसायिक रुपमा सफल महिलाहरु र महिलाको क्षेत्रमा उत्कृष्ट योगदान पुरयाई आफ्नो विधामा उत्कृष्ट हुनेहरुलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

फ्लोरिडाको गर्लस् इन्क लेकल्याण्ड र बार्टोले प्रदान गर्ने उक्त पुरस्कारको लागि ९ जना महिलाहरु अन्तिम मनोनयनमा परेका थिए ।

उनीहरुमध्येबाट अन्तिम तीन जनामा छनौट भइ सिलवाल पुरस्कृत भएकी हुन् ।

छनौट कार्यक्रममा नेपालमा बाल कलाकार देखि सफल सञ्चारकर्मी रही अमेरिकामा पनि सोही क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै निर्णयकहरुले सिलवाललाई छनौट गरेका थिए ।

छनौटमा परेका तीन जना विजेताहरुलाई प्रमाणपत्र सहित हस्त निर्मित क्रिस्टल बोल प्रदान गरिएको छ ।

सो कार्यक्रममा अनिताले सफल बन्नका लागि गरेको संघर्षको यात्रा सुनेर धेरैका आखाँ रसाएका थिए ।

छनौटकर्ताले अनिता संसारको बालिकाहरुका लागी एक प्रेरणा भएको बताएका छन् ।
अध्ययनका लागि अमेरीका पुगेकी सिलवालले हालैमात्र नयाखोज तथा प्रविधिमा (इनोभेसन र टेक्नोलोजि) मा स्नातकोत्तर पुरा गरेकी छिन् ।

पुरस्कार (अवार्ड) ले आफूलाई काम गर्न थप हौसला र उर्जा प्राप्त भएको अनिताले बताइन् ।
“नेपालबाट आएर यहाँका उत्कृष्ट महिलाहरुसँग मनोनयनमा पर्नु नै मेरो लागी सम्मान थियो” उनले भनिन् “विजेताको पुरस्कार पाउँदा म सबै प्रति कृतज्ञ छु र नेपाल र नेपालीलाई चिनाउनपाएकोमा धेरै गर्व गरेकी छु ।”

विजेता पुरस्कार ग्रहण गरेपछि सिलवालले नेपाल र अमेरिकाका मात्र नभई विश्वका बालिकाहरुका लागी शैक्षिक र संचार क्षेत्रबाट योगदान पु¥याईरहने प्रतिबद्धता व्यक्त गरिन् ।

उनी ‘वेलकम वुमनहुड’ नामक संस्थाकी संस्थापक हुन् । संस्थाले नेपाल, अमेरिका, र केन्यामा काम गरिरहेको छ ।

अमेरीकामा होमटाउन सिरोज नामक कार्यक्रम प्रस्तोता र निर्माता रहेकी सिलवालले हालैमात्र प्रसिद्ध मूर्तिकार फोरेरेष्ट माएरस्सँग कार्यक्रम गरेकी थिइन् ।

माएरस्को प्रसिद्ध कलालाई अन्तरिक्ष यान अपोलोबाट चन्द्रमामा लगिएको थियो ।
सिलवाल हाल फ्लोरिडाको सिटी अफ विन्टर हेभेनकी वरिष्ठ शहर योजनाकारका रुपमासमेत कार्यरत छिन् ।